आज फुलकोर्ट


काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध अन्य न्यायाधीशहरू आन्दोलित भएपछि अस्तव्यस्त भएको सर्वोच्च अदालतमा १५ मंसिरदेखि गोलाप्रथाबाट पेसी तोकिने भएको छ । प्रधानन्यायाधीश जबराको बहिर्गमनको माग गर्दै इजलास बहिष्कार गर्दै आएका न्यायाधीशहरू १५ मंसिरपछि भने पूर्ण रूपमा इजलासमा फर्किने तयारीमा लागेका हुन् । गोालप्रथाबाट पेसी तोक्ने विषयमा निर्णय गर्न बिहीबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बस्ने तयारी गरिएको छ । बुधबार प्रधानन्यायाधीश जबराबाहेकका १९ न्यायाधीशको बैठकले बिहीबार बसेको बैठकले बिहीबार प्रधानन्यायाधीश जबराबाहेकको फुलकोर्ट बस्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालत प्रशासनले १५ मंसिरदेखि गोलाप्रथाबाट पेसी तोक्ने सकिने गरी तयारी अगाडि बढाइएको जानकारी न्यायाधीशहरूलाई गराएको छ । गोलाप्रथा प्रणाली लागू गर्नेबारे निर्णय गर्न बिहीबार फुलकोर्ट डाकिएको ती न्यायाधीशले जानकारी दिएका छन् । फुलकोर्ट बैठकमा प्रधानन्यायाधीश राणाबाहेक सबै न्यायाधीशरु सहभागी हुने जनाइएको छ । यसअघि गत बिहीबार बसेको फुलकोर्ट बैठकले सर्वोच्चमा गोलाप्रथा प्रणालीबाट पेसी तोक्नेसम्बन्धी व्यवस्था भएको सर्वोच्च अदालत नियमावली र निर्देशिका स्वीकृत गरेको थियो । गोलाप्रथाबाट पेसी तोकिने व्यवस्थासहित सर्वोच्च अदालत नियमावली संशोधनको सूचना राजपत्रमा समेत प्रकाशित भइसकेको छ । प्रधानन्यायाधीश राणाको राजीनामाको माग गर्दै गत कात्तिक दोस्रो सातादेखि आन्दोलनमा रहेका न्यायाधीशहरू गोलाप्रथाबाट पेसी तोकिने भएपछि शुक्रबारदेखि नियमित सुनुवाइमा फर्केका थिए ।

बारले मार्चपास गर्दै
नेपाल बार एसोसिएसनको नेतृत्वमा सातवटा नागरिक संस्था र बृहत् नागरिक आन्दोलनले बिहीबार प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै सर्वोच्च अदालतको गेटबाट बालुवाटारसम्म मार्च पास गर्दै छन् । उनको राजीनामाका लागि दबाब र राजनीतिक दलहरूका लागि महाअभियोग दर्ता गर्न दबाब दिने उद्देश्यले मार्चपास गर्दै ज्ञापनपत्रसम्म बुझाउने तयारी गरिएको छ । बिचौलियाराजको विरोधमा जवाफदेही लोकतन्त्रका निम्ति भन्दै नेपाल बार एसोसिएनस, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ, आदिवासी जनजाति महासंघ र बृहत् नागरिक आन्दोलनको संयुक्त आह्वानमा मार्चपास हुन लागेको हो । ८ कात्तिकदेखि प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै सुरु भएको आन्दोलन अहिले एक महिना पूरा गरेको छ ।

यो अवधिमा बारले कालोपट्टी बाँधेर धर्ना दिनेदेखि प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक्न मूलगेटमा धर्ना दिनेसम्मको अभियान चलाएको छ । तेस्रो चरणको आन्दोलनको अन्तिमतिर हुँदा बारले बुधबार देशभरका उच्च अदालतमा आन्दोलन गरेको छ । बिहीबार सर्वोच्च परिसरमा १० बजेदेखि १२ बजेसम्म धर्ना दिने र २ बजे सर्वोच्चको गेट हुँदै बालुवाटारसम्म पुगेर प्रधानन्यायाधीशको बहिर्गमनका लागि दबाब दिने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिएका छन् । मार्चपासमा सर्वसाधारण नागरिकहरूको उल्लेख्य सहभागिता हुने उनले बताए ।

Published On: Time : 2:49:48  

तपाईको प्रतिक्रिया