पहिलो टेस्टमा श्रीलंका विजयी


काठमाडौं– घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा जित हात पारेको छ । कोलम्बो स्थित गाले अन्तराष्ट्रिय रंगशालामा भएको खेलमा श्रीलंकाले वेस्ट इन्डिजलाई १ सय ८७ रनको भारी अन्तरले पराजित गरेको हो ।

जितका लागि ३ सय ४८ रनको विशाल लक्ष्य सहित जबाफि ब्याटिङ गरेको पाहँ‘ना टोली वेस्ट इन्डिजले दोस्रो पालीमा केवल १ सय ६० रन जोड्न सक्यो र फराकिलो हार व्यहोर्न बाध्य भयो । क्यारेवियन टोलीका लागि नकरुमाह वोनरले अविजित ६८ रनको योगदान दिए । उनले २ सय २० बलमा ७ चौका सहित ६८ रन बनाएका थिए । त्यस्तै विकेट किपर जोसुआ डा सिल्भाले ५४ रनको अर्ध सतकिय पारी खेले पनि टोलीको हार टार्न भने सकेनन् । यि दुई जना बाहेक अन्य खेलाडीले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । क्यारेवियन टोलीका ३ जना खेलाडी शून्यमा पेवेलिए फर्किएका थिए ।

वेस्ट इन्डिजको पारी ध्वस्त बनाउने क्रममा श्रीलंकाका रमेश मेन्डिसले एक्लैले ५ विकेट लिए । उनले उनले ३२ ओभरमा ५ मेडन सहित ६७ रन खर्चेर ५ विकेट लिएका हुन् । त्यस्तै लासिथ इम्बुल्डेनियाले पनि ४ विकेट लिए । उनले २८ ओभरमा १२ मेडन सहित ४३ रन खर्चेका थिए । बांकी एक विकेट प्रविन जयाविकरामाको नाममा रह्यो । यस अघि पहिलो पारीमा श्रीलंकाले ३ सय ८६ रनको योगफल तयार पारेको थियो । पहिलो पारीमा श्रीलङकन कप्तान दिमुथ कारुनारत्नेको १ सय ४७ रनको योगदान दिएका थिए । उनले ३ सय बलमा १५ चौका प्रहार गरेका थिए । त्यस्तै धनन्जय डी सिल्भाले ९५ बलमा ५ चौका सहित ६१ रनको योगदान दिँदा ओपनर पथुम निसानकाले ५६ रन बनाए । उनले १ सय ४० बलमा ७ चौका प्रहार गरे । त्यस्तै दिनेश चण्डीमलले पनि ५४ रनको योगदना दिएका थिए । पहिलो पारीमा वेस्ट इन्डिजका रोस्टन चेजले सर्वाधिक ५ विकेट लिएका थिए । त्यस्तै जोमेल वारिकन ३ विकेट लिए भने शानन गेब्रियलको नाममा २ विकेट रहयो ।

३ सय ८६ रनको जवाफमा आफ्नो पहिलो पारी सुरु गरेको पाहुना टोली वेस्ट इन्डिजले २ सय ३० रनमात्र बनाउन सक्यो । पहिलो पारीमा वेस्ट इन्डिजका लागि कायल मेयर्सले सर्वाधिक ४५ रन रन प्रहार गरेका थिए । उनको उक्त पारीमा ६२ बलको सामना गर्दै ८ चौका प्रहार गरेका थिए । त्यस्तै कप्तान तथा ओपनर क्रेग ब्राथवेटले ४१ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झन लायक रहेन । क्यारेवियन टोलीलाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका प्रविन जयाविकरामाले सर्वाधिक ४ विकेट लिए भने रमेश मेन्डिसले ३ विकेट हात पारे ।

दोस्रो पारीमा श्रीलंकाले ४ विकेट गुमाएर १ सय ९१ रन जोड्दै पारी समाप्तीको घोषणा गरेको थियो । घरेलु टोलीका लागि दोस्रो पालीमा पनि कप्तान करुणारत्नेले ८३ रन बनए भने पूर्व कप्तान एन्जेलो म्याथुजले ६९ रनको योगदान दिए । यो जितसँगै दुई खेलको सिरिजमा घरेलु टोली श्रीलंकाले १–० को अग्रता लिएको छ । खेलको म्यान अफ द म्याच श्रीलंकाका कप्तान करुणारत्न चुनिए ।

भारतको मध्यम सुरुवात
यता भारत र न्यूजिल्याण्ड विरुद्धको पहिलो टेष्ट पनि सुरु भएको छ । बिहिबार कानपुरमा सुरु भएको पहिलो टेष्टमा भारतले मध्यम सुरुवात गरेको छ । उसले पहिलो दिनको खेल सकिँदा ४ विकेट गुमाएर २ सय ५८ रन बनाएका हो । उसका लागि डेब्यु गरेको श्रेयस अयरले अविजित ७५ रनको योगदान दिएका छन् । उनले टेष्ट क्रिकेटको पहिलो पारीमा १ सय ३६ बलको सामना गर्दै ७ चौका र २ छक्का प्रहार गरेका छन् । उनलाई रविन्द्र जडेडाले ५० रनमा साथ दिइरहेका छन् । जडेजाले १ सय बलमा ६ चौका सहित अविजित अर्ध सतक प्रहार गरे ।

त्यस्तै ओपनर सुभमन गिलले पनि ५२ रनको योगदान दिए । अर्का ओपनर मायङ्क अग्रवाल व्यक्तिगत १३ रनमा पेवेलिएन फर्किए । भरपर्दा ब्याट्सम्यान चेतेश्वर पुजार पनि मात्र २५ रनमा पेवेलियन फकिए पछि घरेलु टोली दवामा आएको थियो । त्यस्तै कप्तानका जिम्मेवारी सम्मालेका अजेन्का रहाणे पनि ३५ रनमा पेवेलियन फर्किए पछि भारत एक समय १४५– ४ को नाजुक अवस्थामा पुगेको थियो ।
त्यस पछि पहिलो टेष्ट खेलिरहेका अयर र जडेजाले अविजित १ सय १३ रनको साँझेदारी गर्दै टोलीलाई सम्मान जनाक स्थितिमा पु¥याएका हुन् । पाहुना टोलीका लागि काइल जेमिसनले ३ विकेट लिए भने टिम साउथिले १ विकेट लिए । यि दुई टोली बीच दुई खेलको सिरिज हुने छ । भारतले नियमति कप्तान विराट कोहोली र ओपनर रोहित शर्मा बिना नै खेलि रहेको छ । यो खेलबाट राहुल द्रविडले भारतिय टेष्ट टिममा पशिक्षकका रूपमा समेत डेब्यु गरेका छन् ।

Published On: Time : 3:13:35  

तपाईको प्रतिक्रिया