थप १८ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  154 पटक हेरिएको

काठमाडौं— नेपालमा शुक्रबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार ६५१ जनाको परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी यो अवधिमा २५ जना संक्रमणमुक्त भएका छन् भने कसैको निर्धन नभएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा २ सय ८२ सक्रिय संक्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया