सिलाैटा कुँद्दै ( फोटोफिचर )

प्रकाशित मिति :  282 पटक हेरिएको

काठमाडाैं- धुलाम्मे सडकका पेटिमा सिलाैटा कुँद्दै गरेका पसलेहरु ग्राहककाे पर्खाइमा छन्  । शुक्रबार काठमाडाैंकाे चाबेलस्थित सडकका एक सिलाउटा पसले पेटिमा गुजरा चलाउन आफ्ना सिपलाई तिर्खादै ढुङ्गामा कला भर्दैछन्  ।

हाल हाम्रो ढुंङ्गे सिलाैटालाई मिक्स्चरले विस्थापित गर्दैछ । जाँताेलाई विद्युतिय मिलले हटाई दिएकाे छ। आजकल ढुङ्गाका सामान प्रयाेगमा कम आउने गरेकाे छ । यस ठाउँमा सदा लस्करै देखिने ढुङ्गा पसल आजकल मुस्किलले एक दुई जनाकाे मात्र देख्न सकिन्छ ।

बढ्दाे सवारीको चापले बढेकाे धुलाेलाई रुमालले  हटाउन खाेज्दैछन् अर्का सिलाैटा पसले । एकतर्फ बटुवा हिँड्दै छन् आफ्ना गन्तव्यलाई पछ्याउँदै । गोपीकृष्णकाे पुलमुनिबाट बग्दैछ धोबी खोला ।

साताकाे अन्तिम दिन भएकाले हाेला यात्रालाई छिटाे छिटाे गन्तव्यमा पुग्न व्यस्त सडकका यात्रु बसमा चढ्दै यात्रुहरु ।

तपाईको प्रतिक्रिया