कमलपाेखरीमा फुलेका ज्याकाराण्डा (फाटाेफिचर)

प्रकाशित मिति :  261 पटक हेरिएको

काठमाडाै‌ं – काठामाडाैंकाे कमलपोखरी छेउछाउमा राेपिएका ज्याकाराण्डा फुलेर आगन्तुकलाई स्वागत गरेकाे छ । ज्याकाराण्डाले कमलपाेखरी वरिपरि वैजनी रगंले लाेभ्याउने गरी सजाएकाे छ । ज्याकाराण्डाका रुखले याे वैशाखकाे गर्मीमा छहरी मात्र हाेइन मनलाई खुशी बनाउने गर्दछ ।

त्यहाँ आउने जोकोही पनि त्यो सुन्दरतामा लठ्ठ पर्दछन् ।विद्यार्थीहरु कलेज स्कुल सकेर साथीहरुसँग गफ गर्दै रमाइलाे गर्न ज्याकाराण्डाकाे छहारीमा आउने गर्छन् । अन्य मानिसहरु पनि थकाइ मार्न र शितल ताप्न त्यहाँ पुग्ने गर्दछन् ।

काठमाडाैंकाे बढ्दाे जनघनत्व र शहरीकरणले ठूला रुखहरु  बिरलै देखिन थालिएका छन् । सरकार र आम जनताले यस विषयमा चासो लिनु जरुरी देखिन्छ । ज्याकाराण्डाले काठमाडाैंकाे सुन्दरतालाई जाेगाउने प्रयास ऊ एक्लै गर्दैछ । के हामी पनि हातेमालो गर्न सक्छाैं र ?

(तस्बिर-सेल्बि)

 

तपाईको प्रतिक्रिया