कीर्तिपुरको सुन्दरता (फोटो फिचर)

प्रकाशित मिति :  340 पटक हेरिएको
Boki Phul

काठमाडाैं –  माैसम सफा थियो । दिउँसोको लगभग ३ बजेको थियो । चम्पादेवि जाने बाटोमा हरियो मनोरम दृश्यले मन लोभ्याउने गरि बोलाइरहेका थिए । उकालो बाटोमा प्यास मेटाउनलाई उनीऊका दाना जसलाई पानी अमला भन्ने गरिन्छ,पर्खिरहेका छन् ।

वनलाई नै मगमग बनाउने गरी टिमुरका रुखले आगतुकलाई स्वागत गर्दै छन् । काँडाको लहराबाट तल आफ्ना मिठो फल कालो बेरी लटरम्म फलेका छन् ।

काफलका बोटहरुमा फल पाकेर पनि सकिएका छन् । उता कोइली एक तमासले  वन नै थर्किने गरी कराईरहेको छ । कतै सुनका दाना जसरी अैँसेलु लटरम्म फलिरहेका थिए , चराचुरुङगीका आहारा त कहिले गोठलोको त कहिले बटुवाको मिठो फल बनेका छन् ।

तपाईको प्रतिक्रिया