एनआरएनएको चौथो विश्व स्वास्थ्य सम्मेलन सिड्नीमा

प्रकाशित मिति :  268 पटक हेरिएको

काठमाडौं-  गैरआवासीय नेपाली संघ (एनआरएनए)को आयोजना हुन लागेको चौथो विश्व स्वास्थ्य सम्मेलनमाअष्ट्रेलियाको सिड्नीमा हुने भएकाे छ  ।  एनआरएनए–अष्ट्रेलिया, नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ एसोसिएसन, स्टार्स स्का‘लर्स नेटवर्कको साझेदारीमा  ‘सबैका लागि मानसिक स्वास्थ्य तथा सुदृढ स्वास्थ्य सेवा वितरण प्रणाली’ नाराका साथ सम्मेलन हुन लागेको हो ।

एनआरएनएको विश्व स्वास्थ्य समितिले गरेको आयोजनामा आगामी सेप्टेम्बर १६ देखि १८ सम्म अष्ट्रेलियाको सिड्नीमा हुन गइरहेको उक्त सम्मेलनमा विश्वभर कार्यरत नेपाली चिकित्सकहरु सहभागी हुने बताइएको छ ।

विश्व स्वास्थ्य समितिका अध्यक्ष डा सञ्जीव सापकोटाले सम्मेलन विश्वका सय भन्दा बढी देशमा रहेका नेपालीको स्वास्थ्यकर्मीहरु एउटै छानामुनि ल्याउने सम्मेलन विश्वकै ठूलो भेला भएको बताएका छन् ।

बैठकलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा स्वास्थ्य समितिका सल्लाहकार डा हेमराज शर्माले सम्मेलनलाई भव्य रुपमा सफल बनाउन पूर्ण सहयोग गर्ने आश्वासन दिएका छन् । संघका उपमहासचिव डा. देवी बस्नेतले एनआरएनए स्वास्थ्य समितिले एनआरएनएको नाम उच्च स्तरमा राखेको र सिङ्गो नेपाली समुदायले समितिप्रति गर्व गरेको बताए ।

‘विगतका वर्षहरूमा जस्तै अष्ट्रेलियामा हुने सम्मेलनमा, विभिन्न देशमा कार्यरत नेपाली स्वास्थ्य विज्ञहरुको कार्यपत्र प्रस्तुति, स्वास्थ्य सम्बन्धी परियोजनाहरूको घोषणा, साझेदारहरूसँगको सहकार्य र स्थानीय अष्ट्रेलियाली समुदायका लागि स्वास्थ्य परीक्षण लगायतको गतिविधि हुनेछ,’ डा.सापकोटाले भने ।

तपाईको प्रतिक्रिया