एकल पुरुषमाथि विभेद किन ?

प्रकाशित मिति :  75 पटक हेरिएको

सरकारले जनतामाथि नै भेदभाव गरेको छ । पछिल्लो समय हरेक क्षेत्रमा पुरुषमाथि भेदभाव भइरहेको पाइन्छ । बिहे दर्ता भएलगत्तै श्रीमान् मर्नेबित्तिकै श्रीमतीले एकल महिलाभत्ता पाउँछिन् । तर, श्रीमती मरेका पुरुषले एकल पुरुष भत्ता पाउँदैनन् । श्रीमती मरे पनि बालबच्चा त हुन्छ नै ।

अर्की श्रीमती ल्यायो भने आफ्नो छोराछोरीमाथि भेद्भाव हुन्छ भनेर दोस्रो बिहे नै नगरी एक्लै बस्ने पुरुषहरु यत्तिकै छन् । यता, श्रीमती मरेकालाई छोरी दिनुहुन्न भन्ने विश्वास हाम्रो समाजमा छ । उता, उसको उमेर पनि ढल्किसकेको हुन्छ । बच्चा भएका पुरुषस“ग कुनचाहिँ महिला नाता गाँस्न चाहन्छिन् ?

कतिपयले दोस्रो विवाह गरे पनि सुख पाएका छन् । कान्छी ल्याउनेबित्तिकै जेठीका छोराछोरीलाई देख्न सक्दैनन् । विष खान दिएर मारेको तितो सत्य पनि हाम्रो समाजमा घटेको छ । कुटपिट गर्नु, खान नदिनु र शोषण गर्नु सानीआमाबाट प्रायःजसो बालबालिकाले भोगेको भोगाइ हो यो । त्यही भएर पनि अर्को विवाह गर्नु पुरुषका निम्ति पनि निकै कठिन छ । आफ्नो छोराछोरीलाई नराम्रो हुने डरले एक्लो जीवन बिताउने पुरुष पनि प्रशस्तै छन् ।

बच्चालाई खान लाउन दिनु, पढाउनु हरेक बाबुआमाको कर्तव्य हो । तर, श्रीमती मरेको हकमा बाबुले कमाएर ल्याओस् कि बालबच्चा हेरोस् । जता हे¥यो उतै द्विविधा छ ।श्रीमती गुमाएर एक्लो बसेका श्रीमान् र उसको बालबच्चाले सरकारलाई प्रश्न गर्छन्– के हामीचाहिँ नेपाली नागरिक होइन ? सरकारले किन हामीमाथि भेद्भाव गरिरहेको छ ? श्रीमान् मरेको महिलालाई महिनैपिच्छे भत्ता दिइन्छ । आमाले भत्ता ल्याएर भए पनि छोराछोरीको पेट त भरिरहेकी छन् ।

तर, बाबुमात्र भएका बालबच्चाले चाहि“ पेटभरि खान पनि नपाउने ? कस्तो नियम हो यो ? हरेक नेपाली दिदीबहिनीको कोखबाट जन्मेको बालबच्चा नेपाली नागरिक नै हो नि । तर, सरकारले काखा र पाखा गर्ने काम गरिरहेको छ ? श्रीमती मरेर एक्लै बसेको पुरुषले पनि राज्यलाई कर तिरेको छ । राजनीतिक दल पनि भोट पनि दिएको छ ।

जसरी हुन्छ उसले आफ्नो कर्तव्य पूरा गरेको छ । एकल महिलाले पनि जनताले तिरेको करबाट भत्ता पाएको हो । एकल पुरुष होस् कि महिला दुवैको नागरिकता त नेपाली नै छ । तैपनि यत्रो भेद्भाव किन ? सरकारले दुवैलाई समान व्यवहार गर्नुपर्छ । एकल पुरुषलाई पनि भत्ताको व्यवस्था गर्नुपर्छ । संसारमा आमा गुमाउनु जति पीडा अरू कोही गुमाउनुमा सायदै होला ।

आमाले दिने मायाजति अरू कसैले पनि दिन सक्दैनन् । तर, आमा गुमाएका नाबालकले माया र स्याहारसुसार त गुमाइहाले । उनीहरुले आफ्नो हकअधिकार पनि गुमाएका छन् । सरकारले त्यो नाबालकमाथि खेलवाड गरेको छ । उनीहरुको भविष्य सरकारले नै सुनिश्चित गर्नुपर्छ ।

जनताबाट चुनिएर आए पुरुष सांसदले यो विषय आजसम्म पनि सदनमा उठाएका छैनन् । यो विषय नकोट्याउ“दा एकल पुरुषलाई धेरै धौ–धौ भएको छ । उनीहरुको घाउमा मल्हम लगाउन कोही पनि अघि बढेका छैनन् । निकम्मा सांसदहरुका कारणले एकल पुरुषले त दुःख पाइहाले । उता, उसको बालबच्चाको भविष्य पनि अन्धकारतिर दौडिरहेको छ ।

यसका लागि एउटा उदाहरण नै काफी छः पल्लो घरको एकल महिलाले मासिक भत्ता पाउ“छिन् । उनले आफ्नो छोरीछोरी पढाएकी छन् । खान लाउन दिएकी छन् । तर, वल्लो घरको एकल पुरुष हेरेको हे¥यै । न उसको छोराछोरी पढ्न जान्छन् न उसले पेटभरि खान नै दिन सकेको छ ।

जोडसहित आवाज उठाइदिने हो भने सरकारले पक्कै पनि निर्णय गर्छ । यसले एकल पुरुषलाई थोरै भए पनि राहत हुन्छ । एकल महिला कति छन् भन्ने विवरण सरकारसँग छ । तर, एकल पुरुषको विवरण छैन । अब सरकारले एकल पुरुषको तथ्यांकक संकलन गर्नुपर्छ । विवाह नगर्ने कति छन् यसबारे पनि सबैलाई थाहा हुनुपर्छ । यसमा वडा, नगर, सम्बन्धित निकाय सबैको ध्यान जाओस् ।

अनुसा थापा, भक्तपुर

तपाईको प्रतिक्रिया