प्राकृतिक पर्व भूम्या

प्रकाशित मिति :  69 पटक हेरिएको

मगर समुदायको नयाँ वर्ष भूमि (भूम्या) पूजा असार १ देखि ३ गतेसम्म नाचगान, खानपानलगायत विविध कार्यक्रम समारोहका साथ मनाइयो । पाल्पालाई केन्द्र बनाई रूकुम, रोल्पा, प्युठान, सल्यान, गुल्मी, अर्घाखाँची, म्याग्दी र डोल्पाका आदिवासी भूमिपुत्र मगरहरुले भूम्या पूजा कृषि कर्म उत्तम होस, बाढी पहिरोले वितण्डा नगरोस् भन्ने कामना गर्दै मनाउँद छन् ।

जेठ १५ गतेदेखि पानीको मुहान सफाइ गर्ने, फूल टिप्ने, ध्वजा बाँध्ने प्राकृतिक पूजन परम्परा भूमि सम्मान भएको बताइन्छ ।
राजधानी काठमाडौंको टुँडिखेलमा आयोजित भूम्या पूजा सभालाई सम्बोधन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले १८ मगरात क्षेत्रको पहिचान भूमि पर्व बहुजाति बहुधर्मी संस्कृतिले सम्पन्न नेपालीका पहिचानमध्ये एक भएको बताए ।

उनका अनुसार यी विविध पहिचानमध्ये एक मगर समुदायले मनाइने नयाँ वर्ष भूमि पुजन सम्मान समारोहले हामी जन्मेको भूमि, प्राणी, मानव र प्रकृतिलाई सम्मान गर्न सिकाउँदछ । भूमिसँग अर्थतन्त्र पनि जोडिने हुँदा पर्वहरु मनाउँदा मगर समुदायले हिसाबकिताब चुस्त दुरुस्त राख्न बहिखाताहरु नयाँ बनाइने हुनाले नयाँ वर्षलाई सार्वजनिक बिदाको घोषणाको माग गरिएको थियो ।

प्राचीन मगर लिपि अखालिका भएको बताइन्छ । बुद्धका प्राचीन वंशज ओकाकाको सात्विक अर्थ मुखबाट आगो ओकल्ने मगर भाषा हो । बुद्धले केरालाई मोचा भन्नु, सुँगुरको मासु खाएको प्रमाण भेटिनु, कोलीय जातकी मामाकी छोरीसँग विवाह गर्नुजस्ता धेरै आधारले गौतम बुद्ध र मगर वंश नजिक रहेको मान्न सकिने कथन छ । त्यसैले मगर समुदायले गौतम बुद्धलाई आफ्नै वंशज मानेर बुद्ध जयन्तीलाई भूमे पूजा जस्तै गरी मनाउँदछन् ।

बलीसहितको पूजा हुने भूमे पूजा मनाइने मगर समुदायलाई भुरूङचन, बेडलासी, बुढाथोकी, एसमाली, भस्की, खेली, हिस्रगता, सिढारी, खपांगी थरमा छुट्याइने यस समुदाय आले मगर, थापा मगर, राना मगर र पुन मगरका रुपमा पाइन्छ भने ती चारै मगर समुदायलाई तीन थरभित्रका २३ थरमा विभक्त गरिएको पाइन्छ ।

जस्तैः आलेः दूध आले, फेङदी आले, तोर्छाकी र सूर्यवंशी । थापाः असमाली, दर्लामी, पुलामी, ताङलामी, रासकोटी, बिस्कटटा, सिंजापति, गहसरु, ध्यवाङ, सिंजाली र फेवाली पुनः तिर्के, पेगेल, रामजाली, रुखमानी, बैजाली, तिके, फुङजा, रोका आदि ।

नेपाल एकीकरणअघि कर्णाली र गण्डकीबीचको भूभाग बाइसेअन्तर्गत मगरात राज्य थियो । मगर जातिलाई केही जातीय अन्वेषकले भारतको मगधबाट नेपाल पसेका हुन् भन्ने भनाइ छ । तर, स्वयम् मगरहरुले चाहिँ आफ्नो वंशज मंगोलियाको मेधियर प्रान्त अनि चीनहु“दै नेपाल प्रवेश गरेका भूमिपुत्र दाबी गर्दछन् ।

नेपालका प्रथम सहिद लखन थापा मगरको गौरव बोकेका मगर मंगोलियाको मधियारकै नाम कालन्तरमा भेनेजुयला पुग्दा मग्यार, भारतमा मगध र नेपालमा मगर बनेको कुरा भने स्वीकार्छन् । अझ कतिपय मगर जातीय अन्वेषकले उपत्यकाका शाक्य नेवार, भारतका मौर्य, तराईका थारू र मगर एकै भगवान बुद्धका नश्लसँग सम्बन्धित मंगोलियन दाबी गरेका छन् ।

प्राचीन मगर लिपि अखालिका भएको बताइन्छ । बुद्धका प्राचीन वंशज ओकाकाको सात्विक अर्थ मुखबाट आगो ओकल्ने मगर भाषा हो । बुद्धले केरालाई मोचा भन्नु, सुँगुरको मासु खाएको प्रमाण भेटिनु, कोलीय जातकी मामाकी छोरीसँग विवाह गर्नुजस्ता धेरै आधारले गौतम बुद्ध र मगर वंश नजिक रहेको मान्न सकिने कथन छ । त्यसैले मगर समुदायले गौतम बुद्धलाई आफ्नै वंशज मानेर बुद्ध जयन्तीलाई भूमे पूजा जस्तै गरी मनाउँदछन् ।

मगर भाषा, लिपि, धर्म र संस्कृतिः
भूमे पूजामा मगर पहिचानको रोधी संस्कृति र नृत्य परम्परा प्रस्तुत भएका थिए भने ती संस्कृतिलाई ठाउ“अनुरुप तीन भाषा प्रस्तुत गरिएका थिए ।
१) राप्ती, रोल्पा, प्युठान, सल्यान र रूकुमका मगरले खाम भाषा बोल्छन् ।
२) डोल्पाली मगर काइके भाषा बोल्दछन् ।
३) त्यसैगरी नेपालमा सरोबरी मगर भाषाको मान्यता धुत भाषाले प्राप्त गरेको छ ।

मगरभित्रकै छन्त्याल भने खाम भाषा बोल्छन् भने दुरा धुत भाषा बोल्छन् । अख्खा ब्राह्मी लिपि प्रयोग गर्ने मगर स्याङ्जाको आलमदेवी, गोरखाको मनकामना, धरानको बूढासुब्बा, तनहुँको छिम्केदेवी र धादिङको ढोला मण्डलीलगायत थुप्रै प्राकृतिक देवस्थललाई बज्रयान परम्पराअनुरूप जागृत गरी पुजारी रहेका छन् ।

आफूलाई प्राकृतिक बुद्ध धर्मावलम्बी भन्ने मगर नेपाल मण्डल अर्थात् काठमाडौं उपत्यका, मकवानपुरको भीमफेदी, बज्रबाराही, कुलेखानी हुँदै नेपाल एकीकरणपश्चात् राजा पृथ्वीनारायण शाहका साथ भित्रिएको बताइन्छ ।

हाल उपत्यकाभित्र कीर्तिपुरको मच्छेगाउँ, ललितपुरको भैँसेपाटी, महालक्ष्मीस्थान, तीखेदेवल र भक्तपुरको सूर्यविनायकमा मगरको उल्लेख्य बस्ती पाइन्छ । आफ्नै जातका भुसाल पुरोहितबाट कर्मकाण्ड पूजा संस्कार गराउने मगर समाजमा १६ वर्ष उमेर पुगेकी किशोरीलाई जबर्जस्ती तानेर विवाह गर्ने र काख खाली गराएबापत आमाबाबुलाई जरिवाना तिर्ने परम्परा थियो ।

यी र यस्ता थुप्रै चलनचल्तीलाई पुनर्जागृत गर्ने उदेश्यका साथ काठमाडौंवासी मगर समुदायले टु“डिखेलमा असार १ ,२ ,३ गते तीन दिन भव्य भूम्या पर्व मनाएका हुन् ।

 

तपाईको प्रतिक्रिया