पोर्न स्टार महिलाको भूमिकामा वाणी

प्रकाशित मिति :  44 पटक हेरिएको

एजेन्सी- अभिनेत्री वाणी कपुरले एक नयाँ फिल्मका लागि साइन गरेकी छन् । सोसियल—कमेडी फिल्म ‘सर्वगुण सम्पन्न’ मा उनले हस्ताक्षर गरेकी छन् ।

यस फिल्मलाई दिनेश भिजनको म्याडडक फिल्मले निर्माण गर्दैछ । महिला केन्द्रीत यो फिल्मले सन् ९० को दशकको कथा बोल्नेछ । जसमा वाणीले ‘पोर्न स्टार’को चरित्र निभाउँदै छिन् ।

‘दिनेश भिजनले उच्च सोच र विकसित कथासहित एक सानो ठाउँको लोकप्रिय पोर्न स्टार महिलाको भूमिकामा अभिनय गर्नेछिन् । फिल्ममा वाणी संघर्षशील, बोल्ड र आफ्नो अस्तित्वका लागि लड्ने एक सशक्त महिला चरित्रमा देखिनेछिन्,’ फिल्म निकट स्रोतले भन्यो ।

फिल्ममा सोनाली रतनको डेब्यू निर्देशन रहनेछ । सोनाली फिल्मकर्मी कुनाल देशमुखकी श्रीमती हुन् । उनले यसअघि ‘जन्नत’, ‘तुम मिले’, राजा नटरवाल’ र ‘सिद्धत’ जस्ता फिल्ममा सहायक निर्देशकका रुपमा काम गरिसकेकी छन् ।

सन् २०१३ मा फिल्ममा पाइला चालेकी वाणीले पहिलोपटक ‘सर्वगुण सम्पन्न’मा मुख्य अभिनेत्रीको रुपमा अभिनय गर्दैछिन् । फिल्मको छायांकन केही महिनाभित्रै सुरु हुनेछ ।

 

तपाईको प्रतिक्रिया