लिभरपुलका फरवार्ड टाकुमी मिनामिनोलाई मोनकोले अनुबन्धन गर्ने

प्रकाशित मिति :  33 पटक हेरिएको

एजेन्सी- लिभरपुलका फरवार्ड टाकुमी मिनामिनोलाई मोनकोले अनुबन्धन गर्ने भएको छ।

स्काई स्र्पोटसका अनुसार फ्रेन्च क्लबले मिनामिनोका लागि १.८ करोड युरो खर्च गर्न तयार भएको जनाएको छ ।

मिनामिनोलाई अनुबन्ध गर्न प्रिमियर लिग क्लब लिड्स र साउथ ह्याम्पटनले पनि चाहेका थिए ।

गत सिजन लिभरपुलका लागि २४ खेल खेल्दै मिनामिनोले १० गोल गरेका थिए ।

सन् २०२० को जनवरीमा रेड बुल साल्जवर्गबाट लिभरपुल आएका मिनामिनोले लिभरपुललाई दुई घरेलु कप प्रतियोगिता जिताउन प्रमुख भूमिका खेलेका थिए ।

काराबाओ अप र एफए कपमा उनी सर्वाधिक गोलकर्ता बनेका थिए । तर उनी फाइनलमा खेल्न पाएनन् भए प्रिमियर लिगमा एउटा खेलमा मात्र सुरुवात गरेका थिए भने जम्मा ९ खेलमात्र खेलेका थिए ।

यो सिजन फाबियो काराभाल्हो र डार्विन नुनेज भित्रिएपछि उनले खेल्ने समय झन् कम पाउने भएपछि २७ वर्षीय खेलाडीले क्लब छाड्ने निर्णय गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया