कोरोना संक्रमण ३१ जनामा पुष्टि

प्रकाशित मिति :  48 पटक हेरिएको

काठमाडौं- पछिल्लो २४ घण्टा अवधिमा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ हजार ४२५ जनाको परीक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा १० जना संक्रमणमुक्त भएका छन् भने आज कोरोनाका कारण कसैको निधन नभएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा १४२ सक्रिय संक्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया