बजेट अधिवेशन समापनपछि मात्रै मन्त्रीमण्डल हेरफेर गर्ने देउवाको अडान

प्रकाशित मिति :  36 पटक हेरिएको

काठमाडौं-  प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा बैठक समापन भएपछि मात्रै मन्त्रीमण्डल हेरफेर गर्ने भएका छन् ।

नेकपा एकीकृत समाजवादीले मन्त्रीमण्डल हेरफेर गर्न निरन्तर दबाब दिए पनि बजेट अधिवेशन समापन भएपछि मात्रै मन्त्रीमण्डल हेरफेर गर्ने प्रधानमन्त्री देउवाको अडान छ ।

नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार अहिले मन्त्रीमण्डल हेरफेर गर्दा समस्या आउने भन्दै प्रधानमन्त्री देउवाले मन्त्रीमण्डल हेरफेर गर्न मानेका छैनन् ।

उनले भने, ‘अहिले मन्त्रीमण्डल हेरफेर गर्दा प्रधानमन्त्रीले सबैलाई मन्त्री बनाउनु पर्छ भन्ने दबाब बढ्छ भन्नु भएको छ ।’ प्रधानमन्त्रीले आन्तरिक समस्या देखाएर मन्त्रीमण्डल हेरफेर गर्न आनाकानी गर्न नहुने कुरा नेकपा एसले राखेको उनले बताए ।

मन्त्रीमण्डल हेरफेर गर्नै परेमा राष्ट्रियसभा बैठक समापन भएपछि मात्रै गर्ने मुडमा प्रधानमन्त्री देखिएको उनले बताए ।

उनका अनुसार नेकपा एसको बिहीबार बसेको सचिवालय बैठकले मन्त्रीमण्डल हेरफेर गर्ने पार्टी निर्णय कार्यान्यवन गराउनका लागि अध्यक्ष माधव नेपालले प्रधानमन्त्रीमाथि निरन्तर दबाब दिइरहेका छन् ।

सो बारेमा अध्यक्ष नेपालले शुक्रबारको बैठकमा मन्त्रीहरूको प्रस्तावका बारेमा जानकारी गराउँदैछन् । नेकपा एसका मन्त्रीहरूले पनि मन्त्रीमण्डल हेरफेर गर्ने निर्णय लिनु परेमा बजेटको जवाफ सकिएपछि मात्रै गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

सो बारेमा अध्यक्ष नेपालले शुक्रबारको बैठकमा मन्त्रीहरूको प्रस्तावका बारेमा जानकारी गराउँदैछन् । नेकपा एसले देउवा सरकारमा रहेका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई स्वास्थ्य मन्त्रीमा बढुवा गरि अन्य चार जनालाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

स्वास्थ्यमन्त्री बिरोध खतिवडा, संस्कृति तथा पर्यटन मन्त्री प्रेम आले, सहरी विकास मन्त्री रामकुमारी झाक्री र श्रम मन्त्री किसान श्रेष्ठलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठ, शेरबहादुर कुवँर, मेटमणि चौधरी र हिराचन्द्र केसीलाई पठाउने निर्णय लिएको थियो ।

सो निर्णय कार्यान्यवन गराउनका लागि अध्यक्ष नेपालले पटक पटक प्रधानमन्त्रीलाई दबाब दिए प्रधानमन्त्रीले ‘बजेट अधिवेशन समापन भएपछि मात्रै मन्त्रीमण्डल हेरफेर गर्ने’ भन्दै नेकपा एसको निर्णय कार्यान्वय गरिदिएका छैनन् ।

देउवाले उक्त निर्णय कार्यान्वयन नगरेपछि नेकपा एसमा भने किचल सुरू भएको छ ।

बहालवाला मन्त्रीहरूले पार्टीको सो निर्णय वारेमा सुरूमा नै आफू अनविज्ञ भएको बताउँदै असन्तुष्टि जाहेर गर्दै संघीय संसदको निर्वाचनसम्म निरन्तरता पाउनु पर्ने बताउँदै आएका छन भने अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालले भने तत्काल पार्टी निर्णय कार्यान्वयन गर्नुपर्ने भन्दै प्रधानमन्त्री देउवासँगको भेटमा दबाब बढाउँदै आएका छन् ।

तर नेकपा एसवाट मन्त्रीमण्डलमा नयाँ अनुहार थपेपछि कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपाल थप तीन पार्टीबाट पनि नयाँ अनुहार थप्नु पर्ने दबाबलाई टार्ने पक्षमा देखिएपछि प्रधानमन्त्री देउवाले बजेटको जवाफ सकिएपछि मात्रै मन्त्रीमण्डल हेरफेर गर्ने पुनः दोहोर्याएका छन् ।

तपाईको प्रतिक्रिया