खप्तड लघुवित्त वित्तीय संस्था तथा मेगा क्यापिटबीच सम्झौता

प्रकाशित मिति :  23 पटक हेरिएको

काठमाडौं- खप्तड लघुवित्त वित्तीय संस्था तथा मेगा क्यापिटबीच सम्झौता गरेकाे छ ।मेगा क्यापिटल मार्केट्स लिमिटेड, त्रिपुरेश्वरमा एक कार्यक्रममा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड तथा मेगा क्यापिटल मार्केट्स लिमिटेडबीच सेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराउने बारे सम्झौतापत्रमा  हस्ताक्षर गरेकाे हाे ।

उक्त सम्झौता पत्रमा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बमले तथा मेगा क्यपिटल मार्केट्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका हो । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई १,३२,०००/– कित्ता सेयर सार्वजनिक निष्काशन गर्ने प्रक्रियामा रहेको छ ।

उक्त निष्काशन बाँडफाँड पश्चात कम्पनीको शेयरधनीको अभिलेख राख्न, शेयरको धितोबन्धक/रोक्का राख्न, कम्पनीले घोषण तथा स्वीकृत बोनस सेयरहरुरुको वितरण गर्न तथा नगद लाभांशको भुक्तानीको व्यवस्था गर्न, सेयर नामसारी तथा दाखिला खारेज जस्ता शेयर रजिष्ट्रारको सेवा प्रदान गर्नका प्रयोजनार्थ मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई शेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको छ ।

 

तपाईको प्रतिक्रिया