गाँजा खेतीसम्बन्धीको विधेयक छलफलमा ल्याइयोस् :शेरबहादुर तामाङ

प्रकाशित मिति :  43 पटक हेरिएको

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई नियम तथा व्यवस्थापन गर्न बनेको विधेयक तत्काल छलफलमा ल्याउन माग गरेको छ ।

उनले नै विसं २०७६ फागुन १० गते नै उक्त विधेयक सदनमा दर्ता गरेको थियो । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले दर्ता विधेयकको कपी चार दिनभित्र सांसदहरूलाई दिनुपर्ने कानुनी व्यवस्था भए पनि कार्यान्वनय हुन नसकेको भन्दै सभामुखको ध्यानाकर्षण गराए।

विधेयक दर्ता भएको दुई वर्ष पाँच महिना १६ दिन बितिसकेको उल्लेख गर्दै उनले छलफलमा नल्याएर जनप्रतिनिधिको अधिकार हनन गरिएको बताए।

उनले गाँजा औषधिजन्य वनस्पति भएको प्रमाणित भइसकेको र एचआइभी, क्यान्सरलगायत धेरै रोगको पीडा कम गर्ने औषधि हुनसक्ने भएकाले गाँजा खेतीलाई वैधानिक बनाउनेतर्फ अघि बढ्न आग्रह गरे ।

 

तपाईको प्रतिक्रिया