अश्वेतको सपना: जसले उनलाई च्याम्पियन बनायो

प्रकाशित मिति :  280 पटक हेरिएको

सेल्बी

काठमाडौं– भनिन्छ कुनै पनि कुरामा सफलता हासिल गर्न निरन्तर मिहेनत, कडा परिश्रम र दृढ इच्छाशक्ति चाहिन्छ । आफूले आटेको काममा मिहेनत र लगनशील भएर लागे सफलता स्वयंले व्यक्तिलाई पछ्याउ“दछ ।
हो, यही भनाइसग मिल्ने एक पात्र हुन्– अश्वेत स्थापित । अश्वेत ‘प्रथम धर्मश्री मेन्स फिजिक्स च्याम्पियन–२०२२’ का विजेता हुन् ।

लोभलाग्दो जीउडाल, सुगठित शरीर, लामो कद, चट्ट मिलेको ज्यान… । सधै जोसिला र हसिला देखिने उनी त्यत्तिकै मिजासिला पनि छन् । फिटनेस, बडी बिल्डिङ (शारीरिक सुगठन) उनको सानैदेखिको रुचि थियो । त्यसैले यस क्षेत्रमा उनी निरन्तर लागिरहे । यसैमा केही गर्छु भन्ने अठोट लिएर सक्रिय बनिरहे । त्यसैको परिणाम ‘प्रथम धर्मश्री मेन्स फिजिक्स च्याम्पियन’ बन्न सफल भए ।

‘फिटनेस, बडी बिल्डिङ मेरो बाल्यकालदेखिकै सपना हो, अहिले यसैलाई पेसा बनाएर लागेको छु । यसैमा रमाइरहेको छु, यही क्षेत्रले मलाई नाम र दाम दिएको छ,’ प्रभावसग आफ्नो अनुभव सुनाउदै उनले भने । अश्वेतको अनुभवमा आफ्नो इच्छालाई बुझेर अघि बढ्यो भने जीवनमा सफल भइन्छ ।

बडी बिल्डिङको सपना

अश्वेतको जन्म काठमाडौंमा भएको हो । उनलाई बाल्यकालदेखि नै फिटनेस, बडी बिल्डिङसग जोडिएका कुराहरु मनपथ्र्यो । स्कुलले जीवनदेखि नै फिटनेसको तरंगले उनलाई छोइसकेको थियो । सात–आठ वर्षको उमेरमै उनी कोही कसैको मिलेको जीउडाल देख्दा आकर्षित हुने गर्थे । जब हलिउड, बलिउड फिल्ममा ठूलठूला जीउडाल भएका सुपरस्टार, बडी बिल्डिरहरु देख्थे– उनको कलिलो मस्तिष्कले सोच्थे कि एक दिन म पनि यो मान्छेजस्तै बन्छु, एक दिन म पनि यस्तै शरीर बनाउछु ।

बाल्यावस्थामा देखेको त्यो सपना उनले अन्ततः पूरा गरिछाडे । ‘मेरो बच्चादेखिको सपना अहिले पूरा भएको छ, यो सफलताले आत्मसन्तुष्टि र खुसी दिलाएको छ । जिन्दगीको एउटा महवपूर्ण उपलब्धि हो यो,’ प्रथम धर्मश्री मेन्स फिजिक्स च्याम्पियन बन्दाको अनुभव सुनाउदै उनले भने ।

अश्वेत पढ्ने स्कुलमा सानो जिम सेन्टर थियो । त्यही  उनले केही मिल्ने साथीभाइस“ग जिम सुरु गरे, जतिबेला उनी १३ वर्षका मात्र थिए । कलिलो उमेरदेखि जिम सुरु गरेका उनीे प्लस टुपछि हायात जिममा आबद्ध भए । त्यसबेला जिम सेन्टर सीमित संख्यामा थिए । त्यहा  बडी बिल्डर राजु दिवाकरस“ग प्रशिक्षण लिए । राजु नै उनको बडी बिल्डिङ यात्राको पहिलो गुरु थिए ।

त्यसपछि उनले पिटबुल जिममा किशोर शाहीस“ग प्रशिक्षण लिन सुरु गरे, जुनबेला उनी २१ वर्षका थिए । अश्वेतले किशोरस“ग बडी बिल्डिङ प्रतियोगितामा भाग लिन चाहेको इच्छा जाहेर गरे । उनको आ“ट, मिहेनत, लगनशीलता र फिटनेसप्रतिको लगाव देखेर किशोरले अश्वेतलाई साथ दिए । त्यहीअनुसार प्रशिक्षण दिए । चार वर्षको कडा मिहेनत र प्रशिक्षणपछि उनी १३औं संस्करणको धर्मश्री मेन्स फिजिक्स च्याम्पियन प्रतियोगितामा भाग लिन गए । तर, उनी प्रतियोगितामा छनोट हुन सकेनन् ।

उनी भन्छन्, ‘जीवनमा कहिलेकाही“ आफूले नसोचेको कुरा भइदिन्छ । सोचेजस्तो रिजल्ट नआउन सक्छ, तर त्यो समयमा पछि हट्ने हैन, झन् मिहेनत गरेर अघि बढे सफलतामा पुगिन्छ भन्ने पाठ सिके“ ।’ त्यो असफलताले उनलाई थप मिहेनत गर्न सिकायो । आफूमा भएको कमी कमजोरीलाई सुधार्दै लगे । आठ वर्षको लामो मिहेनतपछि पुनः सन् २०२२ मा आयोजित १६औं संस्करणको धर्मश्री मेन्स फिजिक्स च्याम्पियन प्रतियोगितामा भाग लिए । यसपटक भने उनले उपाधि जितिछाडे ।
०००
बडी बिल्डिङको सपना लिएर दौडिरहेका अश्वेत राजनीतिक परिवारमा हुर्किएका हुन् । उनी काठमाडौं महानगरपालिकाका पूर्वमेयर एवं बागमती प्रदेशका पूर्वमन्त्री केशव स्थापितका कान्छा छोरा हुन् ।
बुबालाई पछ्याउदै राजनीतिमा लाग्ने सोच आएन ?

कफीको चुस्की लिएर मुस्कुराउदै उनले जवाफ दिए, ‘राजनीतिमा मेरो इच्छा छैन । बुबाले राजनीतिमा आउने/नआउने तिम्रो इच्छाको कुरा हो भन्नुहुन्छ । कहिल्यै राजनीतिमा आउन दबाब दिनुभएन । वास्तवमा म मेरो परिवारले गर्दा नै म यहासम्म आइपुगेको हु ।’
बुबाले आफ्ने इच्छाअनुसार अगाडि बढ्न कहिल्यै नरोकेको उनले सुनाए । ‘जीवनमा जे कुराले खुसी दिन्छ, त्यसैमा लाग्नुपर्छ भनेर बुबाले प्रेरित गर्दै आउनुभएको छ,’ अश्वेतले भने ।

भविष्यको योजना
नया–नया जिमखाना धाइरहन मनपराउने अश्वेतलाई भविष्यमा आफ्नै जिमखाना खोलेर अरूलाई प्रशिक्षण दिने चाहना छ । उनलाई जिममा भएका नया“ उपकरण प्रयोग गर्न मनपर्छ । साथीभाइ तथा नया“ खेलाडीहरुस“ग भेट्न पाउ“दा आनन्दित महसुस हुने उनी बताउ“छन् । राष्ट्रियस्तरको विजेता बनिसकेपछि उनको योजना अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनेतर्फ केन्द्रित भएको छ ।

अंग्रेजी बोल्न सहज मान्ने उनले भने, ‘यु ह्याभ टु किप मुभिङ फरवार्ड इन लाइफ । यस, इट इज गोइङ इन्टरन्यासनल । आइएम दि च्यालेञ्जर, आई ह्याभ टु विन फर मी ।’ उनको आसय थियो– राष्ट्रियस्तरको उपाधिपछि मैले अन्तर्राष्ट्रिय उपाधि पनि हासिल गर्छु भन्ने हो ।
त्यसका लागि शारीरिक तथा मानसिक रुपमा तयार हुन जरुरी रहेको उनको बुझाइ छ । ‘अहिले मेरो आठ महिनाकी छोरी छे, उनलाई समय दिइरहेको छु । अहिलेसम्म तयारी नै भनेर त लागेको छैन तर चा“डै अभ्यासमा लाग्छु,’ उनले भने ।
अरू खेलको तुलनामा बडी बिल्डिङ अलि खर्चिलो भएता पनि यसमा लाग्नुको फाइदा छुट्टै रहेको उनको भनाइ छ । उनका अनुसार अहिले स्वास्थ्यको लागि मात्र नभई व्यावसायिक रुपमा पनि यो क्षेत्र राम्रो बन्दै गएको छ । फिटनेसको अभ्यासले आफूभित्र रहेको चिन्तायुक्त विचार हटाउन र मस्तिष्कलाई रचनात्मक दिशातिर लैजान मद्दत गर्छ ।

फिटनेस पेसा उनको रुचिको विषय भएकाले पनि होला, आफैंमा ध्यान केन्द्रित गर्न सकिने, मानसिक रुपमा पनि सधै“ स्पूmर्त भइरहने अश्वेतको अनुभव छ । ‘सामान्यतया फिटनेसमा लागिसकेपछि के खान हुन्छ, के खान हुन्न, कति मात्रामा खाने, कुन समयमा के खाने भन्नेदेखि सुत्ने सबैको समय तालिका अनुसार चल्नुपर्ने भएकोले मानिस आफैंमा पनि एक खालको अनुशासित र ऊर्जाशील हुने गर्छ । फिटनेसमा लाग्नु भनेको आफ्नो सिर्जनशीलता, सकरात्मकता, उत्पादकत्व बढाउन पनि हो,’ उनले थपे । आफूले जिममा दैनिक तीन घण्टा समय बिताउने गरेको उनले बताए ।

अर्नौल्ड र स्टेलोनको फ्यान

अमेरिकी अभिनेता, पूर्वबडी बिल्डर तथा राजनीतिज्ञ अर्नौल्ड स्वार्जनेगरलाई प्रेरणाको स्रोतका रुपमा लिने अश्वेत हलिउड अभिनेता सिल्भेस्टर स्टेलोनका पनि फ्यान हुन् । आफ्नो करिअरको सुरुआती समयदेखि अहिलेसम्म अर्नौल्डलाई पछ्याइरहेको उनी बताउ“छन् । सातौं पटक ओलम्पिया जितेका अर्नौल्ड क्यालिर्फोनियाका ३८औं गभर्नरसमेत हुन् । अश्वेत उनै अर्नौल्डलाई आफ्नो आइडल मान्छन् । स्टेलोन पनि उनका अर्का आइडल हुन् ।
‘जीवनमा कसैलाई पनि आइडल नमानी अघि बढ्छु भनेर सोचाइ राख्नु गलत हो, जहिले पनि आफूभन्दा राम्रो मान्छेलाई हेरेर ऊबाट सिक्दै अघि बढ्यो भने आफ्नो लक्ष्यसम्म पुग्न सकिन्छ,’ अश्वेतले भने ।

 

 

तस्विर :अश्वेतको फेसबुकबाट लिईएको

 

तपाईको प्रतिक्रिया