कोरोना संक्रमितको वृद्धि

प्रकाशित मिति :  68 पटक हेरिएको

काठमाडाैं – नेपालमा पनि कोरोना संक्रमण दर बढिरहेको छ । पछिल्लो केहि दिनयता संक्रमितको संख्यामा केहि वृद्धि भएको छ ।

तर मृत्युदर भने शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ५० जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा भएको एक हजार ४६७ पीसीआर परीक्षण र एक हजार ३४७ एन्टिजेन परीक्षण गरी कुल दुई हजार ८१४ परीक्षण भएको थियो ।

यसरी पीसीआर परीक्षणबाट ३५ जनामा र एन्टिजेन परीक्षणबाट १५ जनाको संख्यामा संक्रमण पाइएको हो ।

सोहि अवधिमा १८ जना संक्रमण मुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या २९७ रहेको छ ।बिहीबार ५५ जनामा संक्रमण पाइएको थियो । सो अवधिमा १७ जना भने निको भएका थिए ।

बुधबार भने कोरोना संक्रमितको संख्या ६२ पुगेको थियो । जुन चैत्र २ गते पछिको उच्च हो । २०७८ चैत २ गते, ८२ जनामा कोभिड १९ भेटिएको थियो । त्यसयता भने संक्रमण न्यून अवस्थामा रहेको थियो ।

 

तपाईको प्रतिक्रिया