महामारी नियन्त्रणमा जिम्मेवार बनौँ

प्रकाशित मिति :  46 पटक हेरिएको

कोरोना भाइरस संक्रमणका कारण बितेका दुई वर्ष निकै सकसपूर्ण भए । अर्थतन्त्र चौपट भयो । मानिसहरूमा त्रासको वातावरण सिर्जना भयो । नेपालमै पनि कोरोना कारण ११ हजार ९६० जनाले ज्यान गुमाए । पछिल्लो समय खोपको विकास र नेपालमा पनि खोपको प्रयोगस“गै कोरोनाको त्रास कम हुन थाल्यो । मानिसहरू पुरानै लयमा फर्किन थाले । कोरोना कारण निधेष गरिएका, बन्द गरिएका विभिन्न क्षेत्र खोलिए । विस्तारै जुर्मुराउन थाले । मानिसहरूले कोरोनालाई बिर्सिन थाले ।

तर, फेरि कोरोना संक्रमणदर उकालो लाग्न थालेको छ । बुधबार मात्र नेपालमा ५६४ संक्रमित थपिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा एक जनाको मृत्यु भएको छ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेको बेला नेपालमा पनि यसको प्रभाव देखिन थालेको छ । ओमिक्रोनको ‘बिएफाइभ’ जातिको भेरियन्ट देखिएस“गै नेपालमा संक्रमण दिनानुदिन बढिरहेको छ । बिएफाइभ संक्रमण उच्चदरमा फैलिने भएकाले पनि अहिले नेपालमा संक्रमण बढिरहेको छ ।

शून्य दशमलव ५ प्रतिशतसम्म झरेको नेपालमा संक्रमणदर अहिले १२ प्रतिशत पुगेको छ । मन्त्रालयका अनुसार गत साता बुधबार (साउन ४ गते) संक्रमणदर १० प्रतिशत रहेकोमा अहिले त्यो १२ प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. चुमनलाल दास अहिले दैनिक बढिरहेको संक्रमणले चौथो लहरको संकेत गरेको बताउ“छन् । संक्रमण बढ्दै गएपछि आगामी तीन महिनाको सम्भावित संक्रमितको अनुमान गरेर त्यसलाई व्यवस्थापन गर्न द्रुत कार्ययोजना अन्तिम तयारी अवस्था पु¥याइएको महाशाखा प्रमुख दासको भनाइ छ । उनले सम्भावित संक्रमणको जोखिमलाई ध्यान दिएर सबै अस्पताल, स्वास्थ्य संस्था र प्रदेशमा तोकिएका कोभिड–१९ अस्पताललाई संक्रमित व्यक्तिको व्यवस्थापन गर्नका लागि निर्देशनसमेत दिइसकेको जानकारी दिए ।

हामीले बितेका अढाइ वर्षमा कोरोनालाई नजिकबाट चिन्यौं । त्यसका पारेका आर्थिक, सामाजिक र स्वास्थ्य समस्यालाई नजिकबाट महसुस ग¥यौं । सुरु–सुरुमा कोराना देखिएका बेलाको जस्तो त्रास अहिले छैन । तर, जोखिम भने कम भएको छैन । जोखिम कम भएको छैन र संक्रमण अन्त्य भइसकेको छैन भन्ने स्वास्थ्य मन्त्रालयकै तथ्यांकले देखाउछ ।
पछिल्लो समय दैनिक बढिरहेको संक्रमणले के देखाउँछ भने संक्रमणदर बढ्दै गएको छ । अहिले सुरुआतीकाल जस्तो छैन । स्वास्थ्य पूर्वाधारको विकास भएको छ । खोप बनिसकेको छ । धेरैजसो नेपालीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

खोप अभियान जारी छ । तेस्रो डोज लगाउने क्रम सुरु भइसकेको छ । तर, यसो भन्दैमा लापरवाही भने गर्नु हुँदैन । समस्या आफूलाई नपरुञ्जेल र नभोगुञ्जेल नचेत्ने हाम्रो बानीले हामीलाई नै समस्या पार्न सक्छ ।आउन सक्ने सम्भावित जोखिमलाई ध्यान राखेर राज्यका तर्फबाट पनि तयारी थाल्नुपर्छ । नागरिक स्वयंले पनि सजगकता अपनाउनुपर्छ । हामीले कोरोनाका बेला यसअघि नै पालना गरिसकेका आचार–विचारलाई फेरि अनुशरण ग¥यौं भने कोरोनाको संक्रमण र जोखिमबाट धेरै हदसम्म बच्न सकिन्छ । मुख्यगरी हाम्रो स्वास्थ्य हाम्रै हातमा छ । यसलाई मनन् गरौं । यसअघिको जस्तो चरम महामारीको अवस्था आउन नदिन सबैले जिम्मेवार बनौं ।

तपाईको प्रतिक्रिया