फुलबुट्टे सारी लाएर न्युयोर्कमा प्रस्तुति

प्रकाशित मिति :  50 पटक हेरिएको

काठमाडाैं – बिमल डाँगी, सरिता डाँगी र मधुर गिरीको स्वरमा अमेरिकाबाट  “फुलबुट्टे सारी लाएर” गीत सार्वजनिक भएकाे छ । नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७९ लक्षित थुप्रै गीतहरु बजारमा आइसकेका छन्  । यसैबीच बिमल डाँगी युट्युब च्यानल मार्फत “फुलबुट्टे सारी लाएर” बोलको गीत अमेरिकाबाट सार्वजनिक भएकाे हाे ।

याे गीत suffolk country samaj new work ले तयार पारेको हो । आफ्नो घर परिवारबाट निकै टाढा रहेर दैनिकीहरु बिताउनु पर्दा र त्यसैको कारणबाट निसासिएको मनलाई फुरुङ्ग बनाउनका निमित्त अमेरिकाबाट नै तयार पारिएको छ ।गीतलाई लय बिमल डाँगीले तयार पारेका हुन् भने शब्द मधुर गिरीको रहेको छ ।

“फुलबुट्टे सारी लाएर” बोलको गीतको म्युजिक भिडियोमा सरिता डाँगी, यन्सरी गुरुङ, बबिता डाँगी, रचना रानाभाट, अमृता ज्ञावली, दिलु राई, अन्जु गुरुङ, मन्जु गुरुङ सुशिला ज्ञावली, सावित्री न्यौपाने, मन्जु गैह्रे, सारदा के.सी, सुजिता श्रेष्ठ, माधुरी कार्की, सबिना दवाडी, गीता ढकाल, रुथमान गुरुङ्ग, रबिन गुरुङ, दिनेश डाँगी, बरुण रानाभाट, दिनेश बस्नेत, रामकृष्ण भाट, अर्जुनकुमार कार्की, बद्रि डाँगी, राम बिष्ट, बिजेन्द्र थिङ्ग, पूर्ण छन्त्याल, केशव थापा, कर्मा शेर्पा, खिम हमाल, बुद्धिमान तामाङ, गोविन्दराज फुलारा, दिल पुन, र टिका छन्त्यालको सामुहिक अभिनय देख्न सकिनेछ ।

माथि उल्लेखित गीतको म्युजिक भिडियोलाई पनि मा नै छायांकन गरिएको हो । गोबिन्द राई द्वारा निर्देशित भिडियोलाई छायांकन शम्भु मोक्तानले गरेका हुन् भने सम्पादन बिनोद बमले गरेका छन् ।

तपाईको प्रतिक्रिया