उम्मेदवारी दर्तासँगै वर्तमान सांसदको पद स्वतः सकिने

प्रकाशित मिति :  59 पटक हेरिएको

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको पद उम्मेदवारी दर्ता गरेसँगै वर्तमान सांसदको पद स्वतः सकिने बताएका छन् ।

सरकारले मंसिर ४ गतेका लागि निर्वाचन मिति तोकेलगत्तै आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा यस बारेमा  प्रमुख निर्वाचन आयुक्त थपलियाले  कानूनी ब्याख्या गरेर सार्वजनिक गर्ने जानकारी दिए ।

आयोगले निर्वाचनमा सबै उम्मेदवारप्रति समान अवसर र समान खेल मैदानको अवसर उपलब्ध गराउने थपलियाको भनाइ छ ।

सरकारले मिति तोकेलगत्तै निर्वाचन आयोगले मतदाता नामावली दर्ता स्थगित गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । अनलाइनबाट फारम भएकाहरुले भने २१ गतेसम्म औंठाछाप दिन पाउनेछन् ।

आयोगले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा १ करोड ८६ लाख मतदाता हुने अनुमान गरेको छ ।

तपाईको प्रतिक्रिया