यु–२०सहभागी नेपाली युवा टोली स्वदेश फर्किए

प्रकाशित मिति :  24 पटक हेरिएको

काठमाडाैं – भारतमा आयोजना भएको साफ यु–२० साफ च्याम्पियनसिपमा सहभागी भइ बिहीबार नेपाली युवा टोली स्वदेश फर्किएको छ । आयोजक भारतसँगै नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाएको प्रतियोगितामा सहभागी भएर नेपाल टोली स्वदेश फर्किएको हो ।

टोलीले सुरुवाती दुई खेलमा राम्रो प्रदर्शन गरेपनि बाँकी दुई टोलीसँग अपेक्षा अनुसारको प्रदर्शन गर्न असफल भएको थियो ।कोरोनाका कारण उमेर समूहका खेल प्रभावित हुँदा खेलाडी खुला प्रतिष्पर्धाबाट छनोट गरिएको थियो । सुरुवाती दुई खेलमा सुखद् नतिजा निकाल्दा तारिफ पाएका प्रशिक्षक मेघराज केसीले भारतसँगको हारपछि आलोचित भएका थिए ।

प्रशिक्षक केसीले तेस्रो खेलमा भारतसँग पराजयले दक्षिण एशियामा नेपाली टोलीको मिहेनेत नपुगेको स्वीकार गरे । केसीले मिहेनतका बाबजुत पनि नतिजा अपेक्षा अनुसारको नतिजा हात नलाग्दा  निकै दुःखी भएको बताए ।

यस्तै भारतसँगको हारले टोलीलाई धेरै पाठ सिकाएको कप्तान आयुष घलानले  बताए । हार हुनुमा खेलाडीमा अनुभव कम भएको कप्तान उनले थपे । फराकिलो पराजय भएपनि भारतसँगको खेलबाट नेपाली टोलीमा शारीरिक खेल र टेक्कनीकल विषयमा अझै मिहेनेत गर्न आवश्यक रहेको घलानको बुझाई रह्यो ।

राउण्ड रोबिन लिगको प्राणालीमा आयोजना भएको प्रतियोगितामा नेपाल तेस्रो बन्दा फाइनलको ढोका बन्द भएको छ। प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले माल्दिभ्सालाई ४–० ले पराजित भएको थियो भने आफ्नो दोस्रो खेलमा श्रीलंकामाथि ३–० को जित निकालेको थियो । प्रतियोगितामा चार खेल खेलेको नेपालले दुई खेलमा जित, एक खेलमा हार र एक खेल बराबरी खेलेको थियो ।

तपाईको प्रतिक्रिया