नसताऊ तिमीले यसरी …

प्रकाशित मिति :  131 पटक हेरिएको

नसताऊ तिमिले यसरी
नसताऊ तिमीले यसरी एक शब्द भए नि बोल
मेरो माया जाँचि हेर के भन्छ यो मेरो दिल ।

यस्तो बेलामा तिमी आउ है म बसेको छु सम्झिएर
तिम्रो विश्वासमा बसेको छु यो मन समालेर
नमान लाज यसरी नजिक आएर बसिदेऊ
मेरो मन बाट तिमीलाई प्रश्न सोधे उत्तर देऊ ।।

यता आएर बस तिमी मिठो मिठो कुरा गरौँ
तिम्रो माया लागेर आउँछ भन म के गरौँ।।

-गोविन्द राज ओझा, दिपायल सिलगढी- २ दिपायल, डोटी

 

तपाईको प्रतिक्रिया