आइएमई पेले ७.१३% ब्याज दिँदै

प्रकाशित मिति :  34 पटक हेरिएको

काठमाडौं-  एकमात्र ब्याज दिने वालेट आइएमई पेले यो महिनाबाट आफूले प्रदान गर्दै आइरहेको ब्याजदरमा वृद्धि गरेको छ । साविकमा रहँदै आएको ६.०३% को ब्याजदर बढाएर ७.१३% कायम गरिएकोआइएमई पेले जनाएकाे हाे  ।

प्रयोगकर्ताहरुले अब बैंकमा पाइने सेवाझैँ आफ्नो मोबाईल वालेटमा आइएमई पेमार्फत पाउन सकिने आइएमई पेले जनाएकाे छ  । कम्पनिका अनुसार  प्रयोगकर्ताहरुले आफ्नो वालेट एपमा रू. १, ००० कायम राखी सुपरवालेटमा रूपान्तरण भइ यो सुविधा प्राप्त गर्न सक्छन् ।

आर्थिक समावेशीकरण एवम् वित्तीय पहुँचको अभिवृद्धिमा यो महत्त्वपूर्ण कदम हुने विश्वास कम्पनीले लिएको छ । यसका अतिरिक्त अन्य उपभोक्तालाई पनि डिजिटल भुक्तानीमा आकर्षित गर्न यो महत्त्वपूर्ण आयाम हुन सक्ने विश्वास लिइएको छ ।

यस्का साथै ग्राहकहरुले यस दशैँ, तिहार र छठको अवसरमा आइएमई पे डिजिटल दशैँ तिहार २०७९ अभियान अन्तर्गत आइएमई पे मार्फत कुनै पनि कारोवार गरेर बम्परमा राफ्ट वारिअरको इ स्कुटी, दैनिकमा दराजको डिस्काउन्ट भाउचरको साथै अन्य धेरै उपहारहरु जित्ने मौका रहेकाे उल्लेख गरेकाे छ ।

 

तपाईको प्रतिक्रिया