टेली चलचित्र ’सरखारको सर’को प्रोमो सार्वजनिक

प्रकाशित मिति :  40 पटक हेरिएको

काठमाडौं –  सामाजिक कथा वस्तुमा निर्माण गरिएको टेली चलचित्र ’सरखारको सर’ को प्रोमो सार्वजनिक गरिएको छ ।दीपक आचार्य ‘काकु’,सिपि पुडासैनी धतुरे र रबिन्द्र झाको दमदार अभिनय गरिएको टेली चलचित्र ‘सरखारको सर’ को प्रोमो सार्वजनिक गरेकाे हाे ।

‘सरखारको सर’राजनीतिक विकृति विसंगतिसँगै नेपाली समाजमा घटेका यथार्थ घटना र गाउँ समाजमा परेका समस्याहरुलाई उजागर गर्ने उदेश्यले निर्माण गरिएको निर्माण टिमले बताएको छ ।

सिरियलको निर्देशन बिनय राज पौडेलले गरेका छन्। टेली चलचित्र प्रत्येक बुधवार राती ८.४५ बजे नेपाल नेटवर्क टेलिभिजनबाट प्रशारण हुनेछ।

रघुनाथ सापकोटा कार्यकारी निर्माता रहेको सिरियलमा दीपक आचार्य,रबिन्द्र झा,सिपि पुडासैनी,लीला केसी,जगदिश्वर अधिकारी,प्रतिषा रिजाल,राजु कट्टेल,सिजन तिवारी,मरिना गुरुङ,सुरज अधिकारी,तलिसा गुरुङ,डिम्पल खरेल,सबिता खड्का,रमेश अधिकारी,बिरबल घले लगायतका कलाकारको अभिनय रहेको छ। राजेन्द्र बजगाईंको संगीत रहेको टेली चलचित्र ’सर्खारको सर’को कथा रघुनाथ सापकोटाले लेखेका हुन् ।

तपाईको प्रतिक्रिया