काठमाडौं महानगरको राजस्व सङ्कलन ४३ प्रतिशत

प्रकाशित मिति :  35 पटक हेरिएको

काठमाडौं – काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा ४३ दशमलव ८२ प्रतिशत राजस्व सङ्कलन गरेको छ । महानगरपालिकाले चालु आवमा रु १० अर्ब ४१ करोड ९५ लाख राजस्व उठाउने लक्ष्य राखेकामा रु चार अर्ब ५६ करोड ६२ लाख उठाएको जनाएको छ ।

महानगरपालिकाको राजस्व विभागका अनुसार सबैभन्दा धेरै राजस्व सङ्कलन मनोरञ्जन करमार्फत उठेको छ । मनोरञ्जन करमा रु ५० लाख राजस्व उठाउने लक्ष्य राखेको महानगरले एक सय ८१ प्रतिशत अर्थात् रु ९० लाखभन्दा धेरै राजस्व उठाएको छ ।

महानगरले रकमका आधारमा सबैभन्दा धेरै कर घरबहाल कर उठाएको छ । महानगरले रु दुई अर्ब राजस्व उठाउने लक्ष्य राखेको घरबहाल करमा आठ महिनामा रु एक अर्ब १८ करोड सङ्कलन गरेको जनाएको छ ।

महानगरले सम्पत्ति करमा चालु आवमा रु एक अर्ब राजस्व उठाउने लक्ष्य राखेकामा रु ६५ करोड उठाएको छ । यसैगरी नक्सापास दस्तुरबाट रु ४१ करोड उठेको छ । उक्त शीर्षकमा महानगरले चालु आवभरिमा रु ७५ करोड राजस्व उठाउने लक्ष्य राखेको छ ।

तपाईको प्रतिक्रिया