बेवारिसे अवस्थामा राखेको चामल तथा युरिया मल बरामद

प्रकाशित मिति :  53 पटक हेरिएको

कपिलवस्तु – बेवारिसे अवस्थामा राखेको चामल तथा युरिया मल  प्रहरीले बरामद गरेकाे छ ।

कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ७ नुनुवाबाट चैत्र १४ गते करीव २ लाख ६७ हजा रुपैयाँ बराबरको ५२ क्विन्टल चामल र साढे ३ क्विन्टल युरिया मल बरामद गरेकाे हाे ।

भारतबाट अवैध रुपले ल्याई बेवारिसे अवस्थामा राखेको उक्त चामल तथा मल सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादापुर र सुठौली भन्सार कार्यालयका कर्मचारीले बरामद गरेको हो ।

बरामद चालम तथा मल सुठौली भन्सार कार्यालय कपिलवस्तुमा बुझाएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी गराएका छन् ।

 

तपाईको प्रतिक्रिया