‘साराभाई भर्सेस साराभाई’ अभिनेत्री वैभवी उपाध्यायको कार दुर्घटनामा मृत्यु

प्रकाशित मिति :  41 पटक हेरिएको

एजेन्सी– चर्चित टिभी शो ‘साराभाई भर्सेस साराभाई’ मा आफ्नो भूमिकाबाट चर्चित बनेकी अभिनेत्री वैभवी उपाध्यायको कार दुर्घटनामा ज्यान गएको छ ।

उनको मृत्युको समाचार निर्माता जेडी मजेठियाले सार्वजनिक गरेका छन्। इन्स्टाग्राम स्टोरीमा पोस्ट गर्दै उनले यो दुर्घटना उत्तर भारतमा भएको जानकारी दिएका छन् ।

ूजीवन एकदमै अप्रत्याशित छ। साराभाई भ्र्सैज साराभाईको ‘जैस्मीन’ भनेर चिनिने एक धेरै राम्रो अभिनेत्री, प्रिय साथी वैभवी उपाध्यायको निधन भयो। उनले लेखेका छन् ।

वैभवीले दीपिका पादुकोणसँग २०२० मा ‘छपाक’ र ‘तिमिर’ (२०२३) मा पनि काम गरेकी थिइन्।

अभिनेता आदित्य सिंह राजपुत मे २२ मा मुम्बईको अंधेरीस्थित आफ्नो अपार्टमेन्टमा मृत फेला परेको केही दिनपछि वैभवीको मृत्युको खबर आएको हो।

तपाईको प्रतिक्रिया