उत्तरी चीनको शीत भण्डारमा आगलागी हुँदा ११ जनाको मृत्यु

हिजियाजुआङ - उत्तरी चीनको हेबेई प्रान्तको काङ्झाउ शहरको काङ्सिआन काउन्टीस्थित परित्यक्त शीतभण्डारमा सोमबार भएको आगलागीमा परी ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। दिउँसो करिब २:३० बजे कुइरझुआङ टाउनशिपको डोङकुन गाउँमा रहेको उक्त शीतभण्डार भत्काउने क्रममा आगलागी भएको थियो। सो आगलागी १०:५५ बजे राति यो न...

कोभिडबाट असी लाखभन्दा बढी बालबालिका अनाथ

न्युयोर्क- कोभिड–१९ बाट विश्वभर ८० लाखभन्दा बढी बालबालिका अनाथ भएका छन् । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० को मार्चमा कोभिड–१९ लाई महामारी घोषणा गरेयता विश्वव्यापीरूपमा उक्त सङ्ख्यामा बालबालिका अनाथ भएका अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्कले जनाएको  हाे । कोभिड महामारीको प्रभावका सम्बन्धमा खोज गरेको इम्पेरियल...

नासभिल प्रावि गोलीकाण्डमा छ जनाको मृत्यु

काठमाडौं– एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा तीन जना बालबालिकासहित छ जनाको मृत्यु भएको छ । यहाँको कोभिन्ट प्राथमिक विद्यालयका पूर्वविद्यार्थीले गोली चलाएको प्रहरीको अनुमान छ । आक्रमणमा नौ वर्षका तीन जना बालबालिका तथा ६० वर्षभन्दा माथिका तीन जना शिक्षक मारिएका प्रहरीले जनाएको छ । आक्रमणकारी २८ वर्षीय अड्रे हेलला...

इयु हतियार कोषबाट पोल्याण्डलाई तीस करोड युरो प्राप्त

युरोपेली सङ्घ (इयु) को हतियार कोषबाट पोल्याण्डले तीस करोड युरो प्राप्त गर्ने भएको छ । युक्रेनलाई सैन्य उपकरण उपलव्ध गराएको पोल्याण्डलाई शोधभर्नास्वरुप कोषबाट उक्त रकम प्राप्त हुन लागेको हो । सङ्घको हतियार कोषबाट देशलाई तीस करोड युरो क्षतिपूर्तिस्वरुप प्राप्त हुने पोल्याण्डका प्रधानमन्त्री माटेउज मोराविकीले सामाजिक स...

बुर्किना फासोमा फ्रान्सेली टेलिभिजन च्यानल निलम्बित

उगादुगुउ- बुर्किना फासोको सरकारले सोमबार फ्रान्सेली टेलिभिजन च्यानलहरूले अल-कायदा इन द इस्लामिक मगरेब (एक्यूआईएम) का एक नेतासँग गरेको अन्तर्वार्तापछि फ्रान्स २४ को प्रसारण निलम्बन गर्न आदेश दिएको छ। सरकारका प्रवक्ता जीन-इमानुएल ओउड्रागोले यो निर्णय राष्ट्रको हितमा गरिएको र फ्रान्स २४ कार्यक्रमहरूको प्रसारण बुर्किना ...

अफगानिस्तानको परराष्ट्र मन्त्रालय नजिकै बम विस्फोटः छ जनाको मृत्यु

काबुल - अफगानिस्तानको विदेश मन्त्रालयतर्फ जाने सुरक्षा चौकी नजिकै सोमबार भएको आत्मघाती आक्रमणमा कम्तीमा छ जना सर्वसाधारणको मृत्यु हुनाका साथै तीन तालिबानी सुरक्षा बलका कर्मचारीहरू सहित अन्य धेरै थुप्रै घाइते भएका छन् । काबुलको मलिक अजगर स्क्वायरमा रहेको सुरक्षा जाँच चौकी नजिकै विस्फोट भएको काबुल सुरक्षा विभागका प्रव...

ट्वीटरको हालको मूल्य २० अर्ब डलर

न्यूयोर्क-  एलन मस्कले ट्वीटरको हालको मूल्य २० अर्ब अमेरिकी डलर रहेको बताउनुभएको छ । यो मूल्य मस्कले पाँच महिनाअघि मात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो । कर्मचारीहरूलाई पठाइएको इमेलमा सान फ्रान्सिस्कोस्थित कम्पनीमा नयाँ स्टक क्षतिपूर्ति कार्यक्रम र ट्विटरको छाता कम्पनी ‘एक्स...

बेइजिङमा पक्राउ परेका नागरिकलाई रिहा गर्न जापानको आग्रह

काठमाडौं– जापान सरकारले चिनियाँ कानुन उल्लङ्घन गरेको आरोपमा यसै महिना बेइजिङमा पक्राउ परेका एक जापानी नागरिकलाई रिहा गर्न चीनसँग आग्रह गरेको छ । जापानी सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले बेइजिङस्थित जापानीे दूतावासलाई यसै महिना चीनको घरेलु कानुन उल्लङ्घन गरेको आरोपमा ५० वर्षीय एक जापानी नागरिकलाई बेइजिङमा पक्राउ ग...

विवादास्पद न्यायिक सुधार कार्यक्रम तत्काल रोक्न इजरायली राष्ट्रपतिको आग्रह

काठमाडौं– इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले सोमबार सरकारको विवादास्पद न्यायिक सुधार कार्यक्रम तत्काल रोक्न आह्वान गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्ना रक्षामन्त्रीलाई बर्खास्त गरेको एक दिनपछि तेल अभिभमा रातारात ठूलो प्रदर्शन भएको छ । प्रदर्शनपछि हर्जोगले ट्वीटरमा सरकारको विवादास्पद न्यायिक ...

कोभिड–१९ सम्बन्धित  मस्तिष्कजन्य रोगबाट बालबालिकाको मृत्यु

टाेकियाे -  जापानको स्वास्थ्य मन्त्रालयको एक अध्ययन टोलीले हालै सार्वजनिक गरेको राष्ट्रिय सर्वेक्षणको निष्कर्षमा कोभिड–१९ को सङ्क्रमणपछि मस्तिष्कसम्बन्धी कडा रोगका लक्षण भएका १० प्रतिशतभन्दा बढी जापानी युवाको मृत्यु भएको देखिएको छ । सन् २०२० को जनवरीदेखि सन् २०२२ को मे महिनासम्म गरिएको सर्वेक्षणमा १८ वर्षभन्दा कम उम...