सिरिया, इराकमा १० हजारभन्दा बढी इस्लामिक स्टेटका लडाकू सक्रियः राष्ट्रसंघ

संयुक्तराष्ट्र संघ–सिरिया र इराकमा इस्लामिक स्टेट समूहका १० हजारभन्दा बढी लडाकू सक्रिय रहेको राष्ट्रसंघीय प्रतिआतंकवादी प्रमुखले बताउनुभएको छ । अमेरिका समेतका बहुराष्ट्रिय सेनाको सहयोगले दुई वर्षअघि आतंकवादी संगठन इस्लामिक स्टेट परास्त भएको घोषणा गरिएको थियो । राष्ट्रसंघीय सुरक्षा परिषदमा प्रतिआतंकवादी प्रमुख भ्लादिमिर भोरोनकोभले दुई देशमा इस्लामिक स्टेटका लडाकू स्वतन्त्र रूपमा घुमफिर गरिरहेको ज...

विश्व कूटनीतिमा ट्रम्पका नीतिहरू सकारात्मकः विदेश मन्त्री

वासिङ्टन–अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरूले विश्वका सबै क्षेत्रमा सकारात्मक प्रभाव पारेको बताएको छ । रिपब्लीकन पार्टीको सम्मेलनमा इजरायलबाट भिडियो मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै विदेश मन्त्री पोम्पेओले अमेरिका पहिलो भन्ने नीतिलाई राष्ट्रपति ट्रम्पले कार्यरूपमा परिणत गरेको बताए । उनले भने, ‘उहाँका यी नीतिले सबै देशलाई खुशी पार्न नसकेको होला तर अमेर...

मेलानीया ट्रम्पद्वारा कोरोना संक्रमितप्रति सहानुभूति व्यक्त

रिपब्लीकन पार्टीको राष्ट्रिय सम्मेलनलाई मङ्गलबार राति सम्बोधन गर्दै उनले सबै अमेरिकी एकजुट भएर लडियो भने यस्ता सबै चुनौतीलाई सामना गर्न सकिने अठोट व्यक्त गर्नुभयो । कोरोनाभाइरसको महामारीलगायतका चुनौतीको समाधान नगरी आफ्ना पति तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्राम नलिने पनि उनले बताए । श्रीमती ट्रम्पले मानवताको सुन्दर पक्षका बारेमा चर्चा गर्दै प्राकृतिक प्रकोपलगायत चुनौतीका बारेम...

अमेरिकामा ल्यापटप लगायतका शैक्षिक सामग्री अभाव

सान फ्रान्सिस्को– कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि उत्पन्न परिस्थितिका कारण अमेरिकामा ल्यापटपलगायतका शैक्षिक सामग्री सहजै प्राप्त गर्न समस्या भएको छ । विषेश गरेर अनलाईन कक्षा सञ्चालनका क्रममा आवश्यक पर्ने सामग्रीहरू सहजै पाउन गाह्रो भएको र पाएपनि निकै ढिलो मात्रै प्राप्त हुने गरेको उपभोक्ताहरूले बताएका छन् । यो समस्या धेरै महिना अगाडिदेखि अमेरिका भरी नै रहेको एपीले गरेको एक अनुसन्धानले दे...

गान्धीको चश्मा तीन लाख ४० हजार अमेरिकी डलरमा बिक्री

लन्डन–भारतीय स्वतन्त्रताका नायक महात्मा गान्धीले लगाएको सुनौलो चश्मा तीन लाख ४० हजार अमेरिकी डलरमा बेलायतमा बिक्री भएको लिलामसम्बन्धी काम गर्ने एउटा फर्मले जानकारी गराएको छ । ‘इस्ट ब्रिस्टल अक्सन’ नामक उक्त फर्मले शुक्रबार चश्मा विक्री भएपछि इन्स्टाग्राममा लेखेको छ, ‘एक भद्र व्यक्तिले आङ्खनो काकालाई गान्धी आफैले उक्त चश्मा दिएको भन्दै लिलामका लागि हामीलाई चार हप्ता पहिले उपलब्ध भएको थियो ।’ ...

विदेशमा कोरोनाले १९२ जना नेपालीको निधन

काठमाडौं–विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट यो साता विदेशमा थप १ जना नेपालीको निधन भएकोले छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता लग्जम्र्वमा थप १ जनाको निधन भएको हो । समितिका अनुसार शनिवार साँझ सम्म विदेशमा मात्र १६ देशमा १९२ जना नेपालीहरूको निधन भएको छ । स्वास्थ्य समितिका अनुसार यो साता पनि अष्ट्रेलिया, स्पेन, बेल्जियम, भारत, माल्टा, कतार ...

युएइले पनि आणविक ऊर्जामार्फत विद्युत उत्पादन थाल्यो

दुबई–तेलको धनी राष्ट्र संयुक्त अरब ईमिरेट्सले आणविक ऊर्जाबाट विद्युत उत्पादन गर्न थालेको छ । अधिकारीहरूका अनुसार आणविक शक्तिबाट उत्पादित विद्युत गत बुधबारदेखि राष्ट्रिय प्रशारणमा जोडिएको छ । राज्य संचालित समाचार समिति वामका अनुसार साउदी अरेबियासँगको सीमा नजिक रहेको बाराकाह आणविक विद्युत गृह (प्लान्ट) बाट उत्पादित विद्युत राष्ट्रिय प्रशारणमा जोएिको छ । वामले प्लान्टको नियन्त्रक कक्षभित...

किमद्वारा नीतिगत अधिकार अन्य नेताहरूलाई हस्तान्तरण

सियोल–उत्तर कोरियाली सर्वोच्च नेता किम जङ–अनले तनावको स्तर कम गर्न कैयौँ नीतिगत अधिकार अरूलाई सुम्पिएको एक दक्षिण कोरियाली जासुसी संस्थाले दाबी गरेको छ । किमले अहिले पनि अझै पनि सम्पूर्ण राजकीय मामिला चलाइरहेको नेशनल इन्टेलिजेन्स सर्भिसले उल्लेख गरेको छ । दक्षिण कोरियाली उक्त गुप्तचर संस्थाले बताए अनुसार सर्वोच्च नेता किमले बहिनी किम यो–जङलाई थप जिम्मेवारी हस्तान्तरण गर्दै उनलाई थप शक्ति...

दक्षिण कोरियामा विदेशी कोभिड सङ्क्रमितले उपचार खर्च आँफै व्यहोर्नुपर्ने

तस्बीर न्युज सीएन सियोल–विदेशबाट दक्षिण कोरिया भित्रिएका कोभिड–१९ सङ्क्रमित तथा स्वदेशमा नै रहेका तर नियन्त्रणका उपायलाई उल्लङ्घन गर्ने विरामीले उपचार खर्च आफै व्यहोर्नुपर्ने भएको छ । कोरिया सरकारले सोमबारबाट लागु हुने गरी यो व्यवस्था गरेको हो । स्वास्थ्य अधिकारीहरूका अनुसार कोरियाले विदेशबाट आएका कोभिड–१९ सङ्क्रमित बिरामीहरूलाई उनीहरूको मेडिकल सेवाको लागत भुक्तान गर्न अनुरोध गर्नेछ । ...

सिंगापुरद्वारा पाँच अर्ब डलरभन्दा बढीको राहात प्याकेज घोषणा

सिंगापुर– सिंगापुरले कारोना भाइरसका कारण ह्रास भएको अर्थतन्त्रमा सुधार ल्याउनका लागि भन्दै ५ अर्ब ८० करोड अमेरिकी डलर बराबरको राहात प्याकेजको घोषणा गरेको छ । सिंगापुरका प्रधानमन्त्रीले गत मार्च महिनाबाट नै सुरु गरेको सो प्याकेजबारेमा मंगलबार जानकारी दिइएको समाचारमा जनाइएको छ । साउथ चाइना मर्निङ पोष्टले जनाएअनुसार सिंगापुरमा ह्रास भएको अर्थतन्त्रको सुधारका लागि भन्दै यहाँको सरकारले घोषणा गर...