यस वर्ष पनि मलको अभाव

काठमाडौं– यो वर्ष पनि खेतीको मुख्य सिजनमा नेपालका किसानहरूले रासायनिक मल नपाउने भएका छन् । प्रत्येक वर्षजस्तो मलको अभाव खेप्दै आएका किसानहरूले यसपटक पनि खेतीको सिजनमा मल नपाउने अवस्था देखिएको हो । अन्तर्राष्ट्रिय रूपमा नै रासायनिक मलमा भएको मूल्य वृद्धिका कारण मल ल्याउन नसक्दा आलु र गहुँ रोप्ने समयमा मलकोे अभाव देखिएको हो । गत वर्षको असारमा खेत रोप्ने मुख्य समयमा रासायनिक मल नपाएका किसानले यस...

योगगुरु रामदेव र आचार्य बालकृष्णलाई आठबुँदे मागपत्र

बनेपा– भारतीय योगगुरु रामदेव र आचार्य बालकृष्णलाई पतञ्जलि आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टर काभ्रेका विद्यार्थीले आठबुँदे मागपत्र पेस गरेका छन् । पतञ्जलि योग समिति बनेपाले निर्माण गरेको भवन उद्घाटनका लागि बनेपा आउने क्रममा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ मा रहेको आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टरको अनुगमन गर्न पुग्ने क्रममा त्यहाँ अध्ययनरत विद्यार्थीले कजेल प्रशासनले विभिन्न ब...

सडक बालबालिकाको व्यवस्थापन चुनौतीपूर्ण बन्दै

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–८ स्थित बसपार्कमा सागर नेपाली बिहान सबेरैदेखि राति अबेरसम्म भेटिन्छन् । उनी सदरमुकामको तम्घास बजारमा अन्य कुनै कामले होइन, विभिन्न मानिससँग पैसा माग्दै हिँड्छन् । आफ्नो वास्तविक ठेगाना र उमेर पनि थाहा नभएका उनी अन्दाजी आठ वर्षका देखिन्छन् । घरमा बुवा, आमा, दिदी र दाई छन् । तीमध्ये दाई हिमाल र उनीसँगै बजारमा पैसा माग्न हिँड्छन् भने बुवा पल्लेदारका रूपमा काम ग...

मौसममा क्रमिक सुधार

काठमाडौं– अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले विगत तीनदिनदेखि बिग्रिएको नेपालको मौसममा शनिबारदेखि क्रमिकरूपमा सुधार आएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिनयता मौसममा आएको परिवर्तन विस्तारै सुधार हुँदै गएको हो । अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले देशभरको मौसममा एक्कासी परिवर्तन आउनुका साथै तापक्रम औसतभन्दा कम भएको थियो । मुलुकभर पछिल्लो केही दिनयता एक...

वन विनाश शून्यमा पुर्‍याइने

काठमाडौं– नेपालले वन क्षेत्र विनाशलाई सन् २०३० सम्म शून्यमा पुर्‍याउने लक्ष्य साथ तयार गरिएको वन तथा भूउपयोगसम्बन्धी ग्लास्गो घोषणा तथा सफा ऊर्जाका स्रोतलाई प्रवद्र्धन गर्नेसम्बन्धी ‘कोल टु क्लिन इनर्जी’ घोषणामा समेत हस्ताक्षर गरेको छ । हालै सम्पन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धिका पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा नेपालको वन व्यवस्थापनबाट प्राप्त हुने उत्सर...

‘नागरिकलाई दिने सेवामा सम्झौता गर्न सक्दैनौँ’

रूपन्देही– प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसामा शून्य सहनशिलता अपनाई पीडित सद्भावपूर्ण व्यवहार दिन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल रूपन्देहीको परिसरमा नवनिर्मित बहुउद्देश्यीय भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्दै उनले सो निर्देशन दिएका हुन् । उनले सो अवसरमा उक्त भवनको निरीक्षण गर्नुका स...

मणि केशवनारायणको नित्य पूजा

काठमाडौं– पाटन दरबार संग्रहालयभित्र अवस्थित मणि केशवनारायण मन्दिरमा ४० वर्षपछि सोमबारदेखि नित्य पूजा थालिएको छ । विभिन्न कारणले स्थगित भइरहेको सो पूजा हरिबोधनी एकादशीका दिन पारेर सोमबारदेखि थालिएको हो । मणि छँ ब्राह्मण समूहका सहयोगमा नारायणको क्षमा पूजा र विष्णु रुद्री पाठनसहित दैनिक नित्य पूजाको प्रारम्भ गरिएको पुजारी माधवश्याम शर्माले जानकारी दिएका छन् । उनका अनुसार मन्दिरको आयस्ता घट्दै गएप...

लाइसेन्स लिन चार लाखको आवेदन

काठमाडौं– लामो समयदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिनका लागि धेरैको संख्यामा आवेदन परेको छ । कोरोना महामारी तथा अन्य प्राविधिक कारणले नियमित वितरण हुन नसकेको सवारी चालक अनुमति पत्र पाउनका लागि तीन साताको समयभित्रै करिब चार लाखको आवेदन परेको यातायात व्यवस्था विभागले जनाएको छ । नयाँ अनुमति पत्र प्राप्ति र सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि सो संख्यामा आवेदन परेको हो । विभागल...

विश्वको उच्च स्थानमा सामूहिक रक्तदानको कीर्तिमान

सोलुखुम्बु– सोलुखुम्बुको सल्लेरीस्थित दुई हजार तीन सय पचास मिटर उच्च ठाउँमा ७१ जनाले रक्तदान गरेर विश्व कीर्तिमान बनाएको छ । लायन्स क्लब अफ काठमाण्डु ब्लड सर्कलले सोलुखुम्बुको सल्लेरीस्थित योङ स्टार क्लबसँगको सहकार्यमा ७१ जनाले रक्तदान गरेर विश्व कीर्तिमान बनाएको हो । । ससल्लेरी बजार प्रदेश नं. १ अन्तर्गत सगरमाथाको आधार शिबिर जाने मुख्य नाका तथा जिल्लाको सदरमुकाम हो । आयोजक टिमका अनिल तुलाधरल...

आइपिएस तालिममा सहभागी नेपाल प्रहरी पुरस्कृत

काठमाडौं– भारतको हैदराबादस्थित सरदार बल्लभभाइ पटेल राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित आइपिएस तालिममा सहभागी नेपाल प्रहरीका ३ जना प्रहरी निरीक्षक पुरस्कृत भएका छन् । पुरस्कृत हुनेहरूमा प्रहरी निरीक्षकहरू अनिल थापा, किरण रावत र सिमोन धिताल रहेका छन् । थापा, रावत, र धिताललाई विभिन्न उपाधी सहित पुरस्कृत गरिएको हो । सरदार वल्लभभाइ पटेल राष्ट्रिय पुलिस एकेडेमीमा शुक्रबार सम्पन्न दीक्षान्त समारोहमा...