कर्णाली प्रतिष्ठानमा मंसिरदेखि एमबिबिएस पढाइ

कर्णाली– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मंसिर १९ गतेदेखि एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने भएको छ । प्रतिष्ठानको निर्धारित शैक्षिक कार्यक्रमअनुसार एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने प्रतिष्ठानका निमित्त उपकुलपति सहप्राध्यापक डा निरेश थापाले जानकारी दिए । प्रतिष्ठानको लक्ष्य तथा उद्देश्यअनुरूप सञ्चालित स्वास्थ्य सेवा प्रवाह तथा प्राज्ञिक कार्यक्रम पूर्वतयारीअनुसार अघि बढ्ने निमित्...

वैकल्पिक स्रोतबाट खानेपानी आपूर्ति

काठमाडौं– काठमाडौं उपत्यकामा खानेपानीको माग आपूर्तिका लागि वैकल्पिक उपायबारे अध्ययन सुरु भएको छ । मेचम्ची खानेपानी आयोजनाको सुरुङ मर्मतका लागि समय लाग्ने देखिएपछि सरकारले उपत्यकामा खानेपानी आपूर्तिका लागि थप स्रोतको खोजी सुरु गरेको हो । काठमाडौं उपत्यकाभित्रै दैनिक एक करोड लिटर पानी उपलब्ध हुने गरी योजना बनाइएको स्रोतले जानकारी दिएको छ । उपत्यकामा मेलम्चीको पानी आउन समय लाग्ने देखिएकाले त्यसको व...

आजदेखि जनगणना

काठमाडौं– १२औँ राष्ट्रिय जनगणना बिहीबारदेखि सुरु हुँदै छ । राष्ट्रिय योजना आयोगअन्तर्गतको केन्द्रीय तथ्यांक विभागले देशभर एकैपटक गणकहरू खटाएर जनगणना गर्न लागेको हो । प्रत्येक घर–घरमा पुगेर गणकहरूले जनगणना गर्नेछन् । यसपटक कालापानी, लिपुलेक र लिम्पियाधुरामा पनि जनगणना गर्ने तयारी छ । विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार बिहीबारदेखि सुरु हुने जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटिने भए...

सञ्चार माध्यम समावेशी हुनुपर्छ : वरिष्ठ उपाध्यक्ष विष्ट

काठमाडौं– नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सञ्चार माध्यम समावेशी हुनु पर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित तामाङ पत्रकार संघ काठमाडौं समितिको तेस्रो अधिवेशन तथा काठमाडौं मिडिया अवार्ड वितरण कार्यक्रममा बोल्दै उपाध्यक्ष विष्टले यस्तो बताएका हुन् । वरिष्ठ उपाध्यक्ष विष्टले सम्पूर्ण सञ्चार गृहको समाचार शाखा समावेशी हुनु पर्ने भन्दै यसका लागि तामाङ पत्रकार संघले मुल धार...

बालबालिकालाई पनि कोरोना खोप

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ वर्षमाथिका बालिबालिकालाई कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर’ को पहिलो मात्रा यही २८ कात्तिकदेखि लगाउन सुरु गर्ने भएको छ । आगामी ४ मंसिरसम्म खोप लगाउने तालिका तय गरिएको मन्त्रायले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार दीर्घरोगीलाई लक्षित गरी २८ कात्तिकदेखि खोप अभियान सञ्चालन गरिने छ । अमेरिकाले उपलब्ध गराएको एक लाख ६२० मात्रा...

सोलुखुम्बुमा ‘ब्लड डोनेसन क्याम्प’ गरिने

काठमाडौं– विश्वमै सबैभन्दा उच्च स्थान सोलुखुम्बु जिल्लामा कात्तिक २६ गते रक्तदान कार्यक्रम हुने भएको छ । दुर्गम क्षेत्रका मानिसहरूलाई रक्तदानसम्बन्धी चेतना जगाउन ब्लड डोनेसन क्याम्पको आयोजना गर्न लागेको लायन्स क्लव अफ काठमाडांै ब्लड सर्कलले जानकारी दिएको हो । क्याम्प सञ्चालन गर्नुको उद्देश्य दुर्गम क्षेत्रको मानिसहरूलाई पनि रक्तदान सम्बन्धि चेतना जगाउन् र रक्तदान गर्न प्रेरित गर्नु रहेको क्लब...

बेलायत सरकारसँग वार्ता गर्न समिति गठनको माग

काठमाडौं– ब्रिटिस गोर्खा भूपू सत्याग्रह समितिले बेलायत सरकारसँग वार्ता गर्नका लागि छिटोभन्दा छिटो वार्ता समिति गठन गर्न नेपाल सरकारसँग माग गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै सत्याग्रह समितिले यस्तो माग गरेको हो । बेलायती सेनासरह ब्रिटिस सेनामा कार्यरत नेपालीहरूले पनि सेवा÷सुविधा पाउनुपर्ने भन्दै समितिले सुरुदेखि नै आवाज उठाउँदै आइरहेको छ । कार्यक्रममा बोल्दै समितिकी सचिव पुष्पा राना घलेले छ...

पढ्दै कमाउँदै कार्यक्रम कार्यान्वयनको तयारीमा

म्याग्दी– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विपन्न समुदायका विद्यार्थीको उच्च शिक्षामा पहुँच बढाउन प्रतिस्थापन विधेयक कार्यविधि अन्तिम चरणमा पुगेको बताएका छन् । मंगलबार प्रेस सेन्टर म्याग्दीको चौँथो जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा मन्त्री पौडेलले विद्यार्थीको सहायताका लागि मन्त्रालयले पढ्दै कमाउँदै कार्यक्रम ल्याउन लागेको बताए । उनले भने, ‘विपन्न समुदायका विद्यार्थीको उ...

पाटनमा विदेशी पर्यटक बढ्दै

काठमाडौं– कोरोना भाइरस संक्रमणको जोखिम कम भएसँगै विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार संग्रहालयमा विदेशी पर्यटकको आवागमन बढेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको पहिलो चरणको लकडाउन र दोस्रो चरणको बन्दाबन्दीका कारण लामोसमयदेखि पर्यटकविहीन बनेको संग्रहालयमा पर्यटकको आगमन बढ्न थालेको हो । ललितपुर महानगरपालिका–१६ स्थित सो संग्रहालय कोरोना महामारी सुरु ...

आनीहरू सामाजिक गतिविधिमा

काठमाडौं– भिक्षुणी (आनी)हरूलाई सामाजिक गतिविधिमा सरिक गराउने उद्देश्यका साथ आयोजना गरिएको दुईदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयअन्तर्गतको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको आयोजनामा शनिबारदेखि सुरु भएको गोष्ठी आइतबार सम्पन्न भएको हो । समापनको क्रममा सामाजिक गतिविधिमा सक्रिय गराउन उत्साहित बनाएको र अधिक ऊर्जाशील प्रेरणामा थपेको सहभागी...