राष्ट्र बैंकले ३० अर्ब कर्जा सापटी दिँदै

काठमाडौं– नेपाल राष्ट्र बैंकले बजारको तरलता अभावको गर्जो टार्न ३० अर्ब रुपैयाँ सापटी दिने भएको छ । बैंकले असोज १३ गते, बिहीबार जारी हुनेगरी १४ दिनका लागि ३ सय करोड अर्थात् ३० अर्ब रुपैयाँ कर्जा सापटी दिने भएको हो । यस्तो सापटी बैंकले रिपोमार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई दिन लागेको हो । बैंकका अनुसार बिहीबार दिउँ...

राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट साट्न थाल्यो

काठमाडौं– दशैं, तिहार र छठ पर्वका लागि भन्दै नेपाल राष्ट्र बैंकले आज (मंगलबारदेखि) नयाँ नोट साट्न थालेको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट आजैदेखि नयाँ दिन थाले पनि उपत्यका बाहिर २ असोजदेखि नयाँ नोट साट्न सक्ने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले जानकारी द...

विश्व बैंकबाट सरकारले २७५ मिलियन डलर ऋण लिने

काठमाडौं– सरकारले विश्व बैंकबाट यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने दुई सय ७५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ। भदौ २७ गते सोमबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्क...

दूधको उत्पादन बढाउन माग

काठमाडाैं -  डेरी उद्योग सङ्घले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई तत्काल दूधको उत्पादन बढाउने कार्यक्रम ल्याउन आग्रह गरेको छ । डेरी उद्योग सङ्घले शुक्रबार जारी प्रेस विज्ञप्तिमा दूधको अभाव देखिएकाले दीर्घकालीनरूपमा दूधको उत्पादन बढाउन सरकारसँग आग्रह गरेको हो । अहिले बजारमा झन्डै एक लाख २० हजार लिटर दूधको अभाव देख...

माग सम्बोधन गर्न सरकार तयार : अर्थमन्त्री शर्मा

काठमाडाैं - निर्यात प्रवद्र्धन सम्बन्धमा व्यवसायी एवं सरोकारवालासँगको छलफल कार्यक्रममा उद्योगी–व्यवसायीको माग सम्बोधन गर्न सरकार तयार रहेकाे  अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्  ।  मन्त्रालयमा भएको निर्यात प्रवद्र्धन सम्बन्धमा व्यवसायी एवं सरोकारवालासँगको छलफल कार्यक्रममा अर्थमन्त्री  शर्माले साे बताएका हुन् । क...

अमेरिकी बजारमा नेपाली कृषिजन्य उत्पादन 

काठमाडाैं - नेपालको ग्रामीण क्षेत्रको कृषिजन्य उत्पादनलाई प्रशोधन गरी बिक्री वितरण गर्दै आएको ‘पैँचो पसल’ प्रालिद्वारा उत्पादित खाद्यवस्तु अमेरिकी बजारमा उपलब्ध गराउने भएको छ । नेपाली उत्पादनलाई विश्वभर छरिएर बसेका नेपाली डायस्पोरामाझ पुर्‍याउने उद्देश्यले अमेरिका निर्यात सुरु गरेको कम्पनीले त्यहाँका विभिन्न राज्यमा...

फुटपाथ व्यापारीले गरे काठमाडौं महानगरपालिका अगाडि प्रदर्शन

काठमाडौं-फुटपाथ व्यापारीको काठमाडौं महानगरपालिका अगाडि विभिन्न माग राखेर आन्दोलन गरेका छन्। फुटपाथमा व्यापार गर्न रोकेपछि उनीहरू प्रदर्शनमा उत्रिएका हुन् । स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितिको ब्यानरमा फुटपाथ व्यापारी महानगरको कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका हुन् । सडक किनारमा स्वरोजगार गरिरहे...

नेपाललाई अमेरिकाको डेढ करोड डलर अनुदान

काठमाडौं-अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले नेपाललाई एक करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने भएको छ । विश्वव्यापी खाद्य संकटलाई सम्बोधन गर्न अमेरिकी सरकारले हालै घोषणा गरेको दुई अर्ब ७६ करोड डलर अनुदानको हिस्साको रूपमा यो सहयोग दिन लागेको हो । युक्रेनमा रुसको अप्रत्याशित युद्धले बढ्दो विश्वव्यापी संकटबाट कमजोर...

बेरोजगारी न्यूनीकरण गर्न युवा उद्यमशीलताको विकास

काठमाडाैं -  प्रधानमन्त्री शेरबहादुर देउवाले शैक्षिक बेरोजगारी न्यूनीकरण गर्न युवा उद्यमशीलताको विकास गर्नुपर्ने बताएका छन्  । अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समितिले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले देशविकासको अभियानमा युवा वर्ग क्रियाशील हुनुपर्नेमा जोड दिएका ह...

प्राधिकरणको कति प्रगति ?

काठमाडाैं -  विद्युत् वितरण तथा प्रसारणका लागि महत्वपूर्ण मानिएको प्रसारण लाइन निर्माणमा नेपाल विद्युत् प्राधिकरणले प्रगति गरेको छ । प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ मा कूल सात सय ५३ सर्किट किलोमिटर प्रसारण लाइनको निर्माण सम्पन्न गरेको छ । प्रसारण लाइन तथा वितरण लाइन निर्माणमा रणनीतिक रुपमा अगाडि बढिरहेको प्राधिकरणले...