एन्फाको आकस्मिक शुक्रबार बैठक बस्दै

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले कार्यसमितिको आकस्मिक बैठक बस्ने भएको छ । एन्फाका प्रवक्ता किरण राईले कार्यसमितिको आकस्मिक बैठक शुक्रबारका लागि डाकिएको जानकारी गराए । एन्फा कम्प्लेक्समा बस्ने बैठक अपरान्ह ४ बजेका लागि डाकिएको राईले बताए । बैठकमा राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको राजीनामा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङमाथि लगाईएको आरोपबारे छलफल हुनेछ । मुख्...

गौरिकाको राष्ट्रिय कीर्तिमान

काठमाडौं– जापानको टोकियोमा आयोजना भइरहेको ३२औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलमा नेपालकी जलपरी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । टोकियो एक्वेटिक सेन्टरमा बुधबार भएको खेलमा गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । एक सय मिटर फ्रिस्टाइलमा उनले एक घण्टा ००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । गौरिकाले प्रतिस्पर्धा गर...

ओलम्पिकमा एलेक्सको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं – जापानको टोकियोमा आयोजना भइरहेको ३२ औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलका एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले पुरुष १०० मिटर फ्रिस्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । टोकियोको एक्वेटिक सेन्टरमा आज भएको खेलमा हिट चरणमा एलेक्सले निर्धारित दूरी ५३.४१ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । उनले यसअघि आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको कीर्तिमान ...

फुटबल एकेडेमी सञ्चालन गर्दै मनाङ मस्र्याङ्दी

काठमाडौं — सहिद स्मारक ‘ए’ डिभिजन क्लब मनाङ मस्र्याङ्दी क्लबले फुटबल एकेडेमी संचालन गर्ने भएको छ । फुटबल एकेडेमी संचालनका लागि मनाङले मंगलबार पोखराको नेपाल आदर्श आवासीय विद्यालयसँग सम्झौता गरेको छ । आठ पटकको लिग च्याम्पियन मनाङले नेपाल आदर्शसँग ६ वर्षको सम्झौता गरेको छ । पोखरामा एक कार्यक्रमकाबीच क्लब, स्कुल र अखिल नेपाल फुटबल संघ एन्फाबीच त्रिपक्षीय सम्झौता भएको छ । मनाङ एकेडेमी संचालन गर्ने व...

सुटिङ र जुडो टोली आज फर्कँदै

काठमाडौं – टोकियो ओलम्पिक खेलकुदमा सहभागिता जनाएका नेपाली सुटिङ र जुडो टोली आज (मंगलबार) नेपाल आईपुग्ने भएका छन् । नेपाल ओलम्पिक कमिटीले सुटिङ र जुडोका ७ सदस्सीय नेपाली टोली मंगलबार नेपाल आईपुग्ने जनाएको छ । नेपाली टिम कतारको दोहा हुँदै स्वदेश फर्कने छन् । टोकियो ओलम्पिक सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी थिइन् । छनोट चरणमा कल्पनाले राष्ट्रिय कीर्तिमान बनाएकी थ...

ओलम्पिकमा ५७ वर्ष : सहभागितामा सीमित

धनगढी – खेलकूदको महाकुम्भ हो ओलम्पिक । यसैले हरेक खेलाडीको ओलम्पिक खेल्ने सपना हुन्छ । यसमा सहभागी हुने मात्र खेलाडीको इच्छा हुन्न । सहभागिता जनाउने खेलाडी हरसम्भव पदक चुम्ने प्रयास गर्छ । सपना देख्दैमा र इच्छा हुँदैमा पदक प्राप्त गर्न भने सम्भव छैन । खेलाडीको आफ्नो मेहनतले मात्र पदक पाउन कठिन छ । यसका लागि राज्यको लगानी आवश्यक छ । नेपाली खेलाडीले सन् १९६४ को टोकियो ओलम्पिकदेखि सहभागिता जनाउन थ...

१४ क्लब लिग सञ्चालनमा सहमत

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार सहिद स्मारक ‘ए’ डिभिजन क्लबसँग छलफल गरेको छ । एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्स आगामी ‘ए’ डिभिजन लिगबारे ‘ए’ डिभिजनका १४ क्लबका प्रतिनिधिसँग छलफल गरेको हो । एन्फाले ‘ए’ लिग असोज ३ गतेबाट सुरु गर्ने निर्णय गरिसकेको छ । छलफलमा सबै क्लबले लिग खेल्न प्रतिबद्धता जनाएका छन् । तर, खेलाडीको स्वास्थ्य र सुरक्षामा चिन्ता व्यक्त गरेका छन् । ब्रिगेड ब...

कल्पनाको राष्ट्रिय कीर्तिमान

काठमाडौं– जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएकी छिन्् । परियारले महिला १० मिटर एयर राइफल स्पर्धाअन्तर्गत केहीबेर अघि भएको खेलमा ६१६ दशमलव आठ अंक बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । खेलका क्रममा परियारले पहिलो सिरिजमा १०२ दशमलव दुई, दोस्रोमा १०५ दशमलव चार, तेस्रोमा १०१ दशमलव ०, चौथोमा १०४ दशमलव एक,...

ह्यारी केन कीर्तिमानी मूल्यमा म्याचेस्टर सिटी जाँदै

लन्ण्डन – ह्यारी केनले टोटनहमले छाड्ने निश्चित जस्तै भएको छ । टोटनहमका अध्यक्ष ड्यानिएल लेभीले केनको क्लब छाड्ने इच्छालाई अन्ततः स्विकार गरेका छन् । अबको प्रश्न हो, उनी जाने चाहिं कहाँ हो त ? इंग्लिस मिडियालाई आधार मान्ने हो भने केन म्यानचेस्टर सिटी जानेछन्, त्यो पनि कीर्तिमान रकममा । यसको अर्थ यो मेगा ट्रान्सफर हुनेछ र यससँग १९ करोड युरोको मूल्य जोडिएको छ । इंग्लिस कप्तानले यसअघि नै टोटनहम छा...

सन्दीप स्वदेश फिर्ता

काठमाडौं — द हन्ड्रेड क्रिकेट प्रतियोगिताका लागि इंग्ल्यान्ड गएका नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । सन्दीपका म्यानेजर रमण शिवाकोटीले उनी बिहीबार दिउँसो नेपाल आईपुगेको बताए । ‘सन्दीप आज १२ बजे नेपाल आईसकेका छन्,’ उनले भने । भिसा समस्याको कारण प्रतियोगिता नखेली सन्दीप स्वदेश फर्किएका हुन् । सन्दीप ओभल इन्भिन्सिबलमा आबद्द रहेका थिए । तर, सन्दीपले टिएर...