सुवास र प्रदीप फाइनलमा

काठमाडौं – नेपाल आर्मीका सुवास तामाङ र एपीएफका प्रदीप महर्जन प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ५१ केजीमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा सुवासले उदयपुरका नारायण भुजेल तथा प्रदीपले रुकुमका जीवनकुमार पुनलाई पराजित गरे । पुरुष ५४ केजीमा आर्मीका...

नेपाली महिला टोलीलाई ऐतिहासिक सिरिज

काठमाडौं – नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको छ । घरेलु टिम कतारविरुद्धको तीन खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज जित्दै ऐतिहासिक सफलता हात परेको हो । दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियमा बुधबार भएको दोस्रो टी–ट्वान्टीमा ६१ रनको जित निकाल्दै नेपालले तीन खेलको सिरिज एक खेल अगाबै २–० ले आफ्नो बनाएको हो । आफ्नो पहिलो अन्तराष्ट्रिय क्रिकेट...

कतारविरुद्ध नेपालको शानदार जित

काठमाडौं – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलो टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा कतारलाई पराजित गरेको छ । दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा मंगलबार नेपालले कतारलाई १ सय १९ रनले हराएको हो । जितसँगै नेपालले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । अब नेपालले बुधबार दोस्रो र बिहीबार तेस्रो खेल खेल्नेछ । नेपालले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको कतार ११ ओभर ५ बलमा अलआउट हुँदै २७ ...

कर्णाली रंगशाला निर्माण सुरु

सुर्खेत – कर्णालीे प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा रु एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६०० लगानीमा रङ्गशाला निर्माण सुरुआत गरिएको छ । प्रदेश सरकारको लगानीमा उक्त रङ्गशाला निर्माण सुरु भएको हो । रङ्गशाला निर्माणार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार मुख्यमन्त्री जीवनबहादुुर शाहीका उपस्थितिमा कर्णाली प्रदेश खेलकुद परिषद् र निर्माणको जिम्मा लिएको कम्पनी एमएसी/जिएसएल जोइन्ट भेन्चु...

एएफसी अध्यक्ष र एन्फा अध्यक्षबीच भेटवार्ता

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले एसियाली फुटबल महासंघ (एएफसी) का अध्यक्ष सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गरेका छन् । अध्यक्ष शेर्पाले सोमबार बहराइनमा एएफसी अध्यक्ष सलमानसँग भेटवार्ता गरेको एन्फाले जनाएको छ । भेटमा फुटबलका विभिन्न विषयमा छलफल भएको एन्फाले जनाएको छ । अध्यक्ष शेर्पाले नेपालमा फुटबलको विकासमा निरन्तर सहयोग गरेकोमा एएफसीलाई धन्यवाद दिएक...

सुमन र रसिलालाई उपाधि

काठमाडौं – चौँथो संस्करणको पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलुङ राई र रसिला तामाङले जितेका छन् । शनिबार भएको प्रतियोगितामा पुरुषतर्फको उपाधि कुलुङ राईले जितेका हुन् । उपाधिसँगै उनले ५० हजार रूपैयाँ हात पारेका छन् । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको चार हजार २ सय मिटर उचाईको पाँचपोखरीबाट १६ सय मिटरमा रहेको रैथानेपोखरीसम्म भएको प्रतियोगितामा कुलुङले निर्ध...

नेपाल १२औं स्थानमा

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) टी–२० विश्व वरीयतामा नेपालले एक स्थान सुधार गर्दै १२ औं स्थानमा उक्लेको छ । शुक्रबार आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले टेष्ट राष्ट्र आयरल्याण्डलाई पछि पार्दै एक स्थान सुधार गर्दै १२ औं स्थानमा उक्लिएको हो । नेपाल भन्दा अघि जिम्बावे ११ औं स्थानमा छ । एक स्थान झरेको आयरल्यान्ड १३ औं, स्कटल्यान्ड १४ औं, युएई १५ औं र नामिबिया १६ औं स...

भलिबलको प्रशिक्षण आइतबारदेखि

काठमाडौं – बंगलादेशको राजधानी ढाकामा हुने एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि नेपाली पुरुष तथा महिला टोलीको आइतबार देखि बन्द प्रशिक्षण सुरु हुने भएको छ । नेपाल भलिबल संघले आगामी डिसेम्बर २१ देखि २९ सम्म संचालन हुने प्रतियोगिताको लागि एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपको लागि बन्द प्रशिक्षणमा रहेका १८ सदस्यीय महिला टोलीलाई नै छनोट गरेको छ । जसमा मनिषा चौधरी, कविता ...

ए डिभिजन लिगको समय परिवर्तन

काठमाडौं — अखिल नेपाल फुटबल संघले आइतबारबाट सुरु हुने भनिएको शहिद स्मारक ए डिभिजन लिग मंसिर ३ गतेबाट मात्र सुरु हुने जनाएको छ । एन्फा मुख्यालयमा आयोजित एक कार्यक्रममा एन्फाले लिग केही दिन पर धकेलिएको जनाएको छ । एन्फाले क्लबहरूसँगको छलफलपछि लिगका खेलहरू सातामा तीन दिन (शुक्रबार, शनिबार र आइतबार) मात्र खेलाउने समेत जनाएको छ । यससँगै लिगको खेल तालिकामा समेत परिवर्तन आउने भएको छ । यसअघि कार्तिक २...

बंगलादेशविरुद्ध नेपाललाई सिरिज

ढाका – नेपालको राष्ट्रिय महिला क्रिकेट टिमले बंगबन्धु बीकेएसपी कप वुमन फ्रेन्डसिप टी–२० सिरिज जितेको छ । बुधबार बंगलादेशको बीकेएसपीको टिमलाई ७ विकेटले पराजित गर्दै नेपालको महिला क्रिकेट टिमले सिरिज २–१ ले जितेको हो । विश्वकपको एसिया छनोटको तयारीमा रहेको नेपाली टिम बंगलादेशमा बन्द प्रशिक्षणका लागि गएको थियो । बंगलादेशमा रहँदा नेपाली टिमले प्रशिक्षणसँगै सिरिज अन्तर्गत तीन मैत्रीपूर्ण खेल समेत ख...