प्युठान जिल्ला क्रिकेट संघ गठन

प्युठान – तेजबहादुर पुनको अध्यक्षतामा प्यूठानमा जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन भएको छ । मंगलबार प्यूठानको जुम्रीमा आयोजित कार्यक्रमकबीच पुनको अध्क्षतामा ११ सदस्य जिल्ला क्रिकेट संघ तदर्थ समिति निर्विरोध रूपमा गठन भएको हो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्याम बहादुर थापाको अध्यक्षतामा बसेको बैठकले तदर्थ समिति गठन भएको थियो । समितिको उपाध्यक्षमा सन्दीप श्रेष्ठ, सचिवमा जीवन खनाल र कोषा...

धनगढी सेमिफाइनलमा

ललितपुर – धनगढी उप महानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा धनगढीले बाँसगढी नगरपालिका, बर्दियालाई १२–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । धनगढीको जितमा चन्द्रा भण्डारी एक्लैले पाँच गोल गरिन् । त्यसैगरी, रेखा पौडेलले चार गोल गर्दा सरस्वती रोकाया, सुरक्षा कुमारी सिंह र विर...

रत्नेचौर खेल मैदानमा पूर्वाधार निर्माण

म्याग्दी – बेनी नगरपालिका–१ रत्नेचौरमा धौलागिरि क्षेत्रकै ठूलो खेलमैदान बनाउन पूर्वाधार निर्माण भएको छ । बेनी नगरपालिका र युवा तथा खेलकुद मन्त्रालयले रत्नेचौरस्थित बुढोचौर खेलमैदान सम्माएर प्याराफिट, स्टेज, भवन र घेराबार निर्माण गरेका हुन् । पछिल्लो चार वर्षमा रु ९० लाख लगानी भएको खेलमैदान स्तरोन्नति गर्न चालु आर्थिक वर्षमा सङ्घीय सरकारबाट थप रु दश लाख विनियोजन भएको वडाध्यक्ष टेकबहादुर रावलले जा...

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट : न्युजिल्यान्डद्वारा स्कटल्यान्ड पराजित

काठमाडौं – आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत न्यूूजिल्यान्डले स्कटल्यान्डमाथि १६ रनको संघर्षपूर्ण जित निकालेको छ । सुपर १२ को समूह २ अन्तर्गत अबुधावीमा बुधबार भएको खेलमा १ सय ७३ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ५६ रन मात्र जोड्न सक्यो । स्कटल्यान्डका लागि माइकल लिस्कले सर्वाधिक ४२ रन जोडे । म्याथ्यू क्रसले २६ रनको योगदान गरे । जर्ज मुन्सीले २२ रन जोड्दा रि...

पोखरा म्याराथन विजेतालाई चार लाख

कास्की – पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पुरस्कार राशिमा शत्प्रतिशत वृद्धि गरेको छ भने सुजल डेरीको उत्पादन सफल दूधले मुख्य प्रायोजनका लागि निरन्तरता दिने दिएको छ । मञ्चद्वारा बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत खुल्ला ४२.१९५ किमी म्याराथनतर्फ प्रथम पुरस्कार चार लाख नगद पुर्‍याइएको घोषणा गरिएको हो । यो पुरस्कार राशि गत वर्षको भन्दा दोब्बर हो । आगा...

राखेप सदस्य सचिवको जिम्मेवारी ढकाललाई

काठमाडौं – युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिवको जिम्मेवारी विष्णु राज ढकाललाई दिएको छ । मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई निमित्त सदस्य सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा मंगलबार बसेको मन्त्रीस्तरीय बैठकले खेलकुद बिकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम मन्त्रालयका सहसचिव ढकालला...

टी–ट्वान्टी क्रिकेटमा नेपालको वरीयता सुधार

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थानमा माथि उक्लिएको छ । आईसीसीले सोमबार सार्वजनिक गरेको वरीयता अनुसार नेपाल एक स्थान उक्लिदै १३ औं स्थानमा पुगेको हो । यस अघि अक्टोबर २६ तारिखमा आईसीसीले सार्वजनिक गरेको वरीयतामा नेपाल १४ औं स्थानमा रहेको थियो । वरीयतामा इंग्ल्यान्ड पहिलो, पाकिस्तान दोस्रो र भारत तेस्रो स्थानमा रहेको छन् ।...

विदुरलाई ६५ वर्षमाथिको उपाधि

काठमाडौं – बिदुर बिष्ट गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता २०२१ को पुरुष ६५ बर्ष माथीको प्रतियोगितामा जित हात पार्दै उपाधी उचाल्न सफल भएका छन् । बिष्टले सोमबार सम्पन्न फाईनलमा आफ्ना प्रतिद्वन्द्वी ज्ञानेन्द्र ताम्राकारलाई ४–०, १–४ र ११–९ ले पराजित गर्दै उपाधी उचालेका हुन् । गणेशमान सिंह फाउण्डेशनको आयोजना तथा नेपाल टेनिस संघको आयोजनामा भएको प्रतिस्पर्धाको ५५ बर्ष माथीको प्रतिस्पर्धामा भे...

जाडेन र आजमीलाई किड ट्राइथालन उपाधि

काठमाडौं — जाडेन श्रेष्ठ ब्वाईज् र आजमी सेरचन गल्र्स तर्फ लिटल डल्फिन्स् प्रा.लि. किड्स ट्राईथलनको उपाधी हात पार्न सफल भएका छन् । स्कुल स्तरदेखिनै खेलाडी उत्पादन गर्दै नेपालमा ट्राईयाथलन खेलको बिकास र विस्तार गर्ने उद्धेश्यले नेपाल ट्राईयाथलन संघको प्राविधिक सहयोग र लिटल डल्फिन्स् स्विम स्कुल प्राईभेटको आयोजनामा भएको प्रतियोगितामा जाडेनले १०० मिटर पौडी ५ कि.मि. साईक्लिङ्ग र १.५ कि.मि. दौड २० मिन...

नेपालको लज्जास्पद हार

काठमाडौं – एएफसी यू–२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले फराकिलो हार व्यहोरेपछि विर्सनलायक परिणामसहित प्रतियोगिताबाट बाहिरिएको छ । समग्रमा तीन खेल खेलेको नेपालले १४ गोल खाँदै स्वदेश फर्कन लागेको हो । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा आइतबार नेपाल लेबनानसँग ४–० गोल अन्तरले पराजित भएको हो । लेबनानलाई जित दिलाउन जेइन फरानले दुई गोल गरे । मोहमद नासिर र मोहमद हेइदरले एक एक गोल गरे । ख...