पुस्तकालयको बिजोग

कुरा यही बुधकारको हो । म काम बिशेषले नेपालगन्जले महेन्द्र बहुमुखि क्याम्पस गएको थिएँ । मैले क्याम्पसको केही काम गर्नुपर्ने भएकाले म त्यहाँको बिभागिय सरलाई खोज्दै गएको थिएँ । क्याम्पस भित्र प्रबेश गर्दै गर्दा त्यहाँ क्याम्पसका केही सरहरुसँग भेट भयो उहाँहरुलाई सोध्दा क्याम्पस बिदा भएका कारण प्राध्यापकहरु नआउने र प्रशासन मात्रै खुल्ला रहेको जानकारी दिनुभयो । त्यो जानकारी पाएपनि परिक्षा फर्मका बिषयमा ...

सडकको बिजोग

नेपालगन्ज खजुरा सडक खण्डमा कालोपत्रे गरेको एक वर्ष नबित्दै सडक क्षतिग्रस्त भएकोछ । समय—समयमा मलहम पट्टी गरे पनि सडक पुरानै अवस्थामा आउने गरेको छ । सडकमा पाँच इन्च सम्मको फलामको रड देखिन थालेकाछन् जसले गर्दा ठूलो दुर्घटना हुन सक्ने सम्भावना रहेको छ । गाडीको टायर पञ्चर हुनसक्ने, गाडी मारमा पर्ने, मानवीय क्षती समेत हुनसक्ने सम्भावना रहेको छ भने रातीको समयमा त गाडी चलाउँदा ज्यानै जान सक्ने खतरा समेत छ...

रानीतलाउको अस्तित्व संकटमा

नेपालगञ्जका पर्यटकिय स्थलहरु औंलामै गन्ती गर्न सकिनेछन् । भएका स्थलहरु पनि अस्तब्यस्त छन् । नेपालगन्जलाई नैं चिनाउने पर्यटकिय स्थलहरु संरक्षणको पर्खाईमा छन् । नेपालगञ्जको मुटुमा अवस्थित रानी तलाउ नेपालगञ्ज चिनाउने महत्वपूर्ण पर्यटकिय स्थल हो । जहाँ केही बर्ष अघि बोटिङ्ग हुन्थ्यो, अवलोकन गर्न र बोटिङ्ग गर्न आउनेहरु घुईँचो लाग्थ्यो तर अहिले अवस्था परिवर्तन भएको छ त्यो रमणिय तलाउ अहिले खाल्डोमा रुपान...

फुल बिनाको पार्क

कुरा यही मंगलबारको हो म साथिहरुसँग नेपालगन्ज स्थित महेन्द्र पार्क गएको थियो । पछिल्लो समय नेपालगन्जमा बढेको गर्मिमा केही सितलता प्रदान गर्न र घुम्ने मनसायले साथीहरुसँग दिउसोको चर्को गर्मिलाई छिचोल्दै त्यहाँ पुगेको थिए । बाहिर भन्दा केही सितल भएर होला महेन्द्र पार्कमा केटाकेटीहरुको उपस्थिती उल्लेख्य नै देखिन्थ्यो । म पनि साथीलाई लिएर पार्कको एकाछेउमा बसे साँच्चिकै त्यहाँ बस्दा सम्म सितलताको महसुस भ...

कार्यक्रममा मोबाईल आतँक

बिज्ञानले थुप्रै कुराको अविष्कार गरेको छ । यहि अबिष्कारसँगै थुप्रै बिनास पनि  हुने गरेको छ । प्रसंग संचारको चर्चित साधनको रुपमा परिचित मोबाईलको हो । जसले थुप्रै सहजता बनाईदिएको छ । यसका फाईदा धेरै छन् हुन त जहाँ फाईदा हुन्छ त्यहाँ बेफाईदा पनि त्यत्तिकै मात्रामा बिज्ञानले थुप्रै कुराको अविष्कार गरेको छ । यहि अबिष्कारसँगै थुप्रै बिनास पनि  हुने गरेको छ । प्रसंग संचारको चर्चित साधनको रुपमा परिचित ...

अस्तव्यस्त सडक

म काम बिशेषले भृकुटिनगर देखि धम्बोझि चौक जाँदै थिए । नेपालगञ्ज स्थित सुर्खेतरोड फराकिलो भए सँगै सवारी साधनको चाप पनि उत्तीकै बढेको आभास हुन्छ निकै ब्यस्त सुर्खेतरोड हुँदै बाईकमा म धम्बोझि गएको थिएँ । म एउटा कार्यालयको कामले गएको थिएँ । मलाई धम्बोझिमा फोटोकपी पसल चाहिएकाले सो पसल भए तिर गएँ । म त्यहाँ जादै गर्दा सडक पेटी पुरै अतिक्रमण गरिएको थियो । धम्बोझि चौकको पूर्बी लाईनमा रहेका मोवाईल पसलहरुले ...

नाटक गर्नेलाई उठाउन गाह्रो

- खेम बिष्ट - नेपालगंजमा पानी पर्ना साथ जताततै जलमग्न हुनुमा स्थानियहरुको पनि दोष छ किन भने आफुलाई घरमा चाहिने दैनिक उपभोग्य सामान बजारबाट किनेर ल्याउँदा प्रयोग गरिएको प्लास्टिक र घर बाट निस्केको फोहोरलाई जथाभावी सडक र नालामा फाल्ने काम नीयहरुबाटनैं हुन्छ । सडक र नालामा यसरी अव्यवस्थित रुपमा फोहोर फाल्नाले नाला भरीएर बन्द भई पानी सहजै पास हुन नसक्दा यत्रतत्र जलमग्न हुने गरेकोछ । नेपालगञ्जका बिभ...

दिन दहाडै लूट

कुरो केही दिन अघाडिको हो, म काम विशेषले नेपाल टेलिकमको नेपालगञ्ज स्थित कार्यालय पुगेकी थिएँ । म आफ्नो कार्यालयको एडिएसएलको बिल तिर्न लाईनमा थिएँ । म भन्दा अघाडि दुईजना सेवाग्राही लाईनमा थिए । म पालो कुरेर हेरी रहेको थिएँ, काउण्टरमा बस्ने दुई जना कर्मचारी मध्ये एक जना कर्मचारी बिल काट्दै थिए । म भन्दा अघाडिको सेवाग्राहीले, “मेरो कति भयो सर?” भनेर सोध्दा रु.१ हजार १७ भयो भने जवाफ पाएपछि उनले १ हजार...

हेल्मेट गायव

कुरा हालैको हो, म नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा एक जना बिरामीलाई भेट्न गएको थिएँ । एक जना साथी म सँग थिए । मोटरशाईकिल रोकेर हामी माथिल्लो तलामा रहेका बिरामीलाई भेट्न गयौं । बिरामीलाई भेटेर आधा घण्टा नबित्दै हामी तल झर्यौं फर्किनका लागि । मोटरशाईकिल नजिक पूग्दा थाहा भयो, हाम्रो हेल्मेट त कसैले गायव पारिसकेको रहेछ । अस्पताल जस्तो सम्बेदनशिल ठाउँमा कसरी यति चाँडै हेल्मेट हरायो त ? यताउति हेर्यौं च...