आज फुलकोर्ट

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध अन्य न्यायाधीशहरू आन्दोलित भएपछि अस्तव्यस्त भएको सर्वोच्च अदालतमा १५ मंसिरदेखि गोलाप्रथाबाट पेसी तोकिने भएको छ । प्रधानन्यायाधीश जबराको बहिर्गमनको माग गर्दै इजलास बहिष्कार गर्दै आएका न्यायाधीशहरू १५ मंसिरपछि भने पूर्ण रूपमा इजलासमा फर्किने तयारीमा लागेका हुन् । गोालप्रथाबाट पेसी तोक्ने विषयमा निर्णय गर्न बिहीबार सर्वोच्च अदालतको पूर्ण बैठक (फ...

नुवाकोट–१ मा श्रेष्ठ निर्वाचित

काठमाडौं– नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर १ को सभापतिमा धुव्र श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ सभापतिका अर्का उम्मेदवार विषम रिमाललाई पराजित गर्दै विजयी भएका हुन् । श्रेष्ठले रिमालाई १ सय २४ मतान्तरले पराजित गर्दै सभापतिमा विजयी भएको बताइएको छ । श्रेष्ठले खसेको मतमध्ये ५ सय ११ मत प्राप्त गरे भने विषम रिमालले ३ सय ८७ मत मात्रै प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै, सचिवमा शिव...

ओलीको रणनीति : निर्वाचनबाटै नेताहरूको व्यवस्थापन

काठमाडौं– नेकपा एमालेको १०औँ महाधिवेशन सुरु हुन दुई दिन मात्र बाँकी छ । शुक्रबारदेखि चितवनमा हुने एमालेको महाधिवेशन नेतृत्व चयनमा मात्र केन्द्रित हुनेछ । यसअघि गत असोजमा विधान महाधिवेशनमार्फत पार्टी नीति, कार्यक्रम र विधान संशोधन गरिसकेको एमालेले यो महाधिवेशनमा मुलतः अध्यक्षसहित १५ पदाधिकारी र २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । एमालेको महाधिवेशन सुरु हुन लाग्दा अब नेतृत्वमा को को ...

रावललाई उम्मेदवारी फिर्ता लिन सुझाव

काठमाडौं– नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आफूले दशौँ राष्ट्रिय महाधिवेशनमा सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मंगलबार आयोजना गरेको साक्षात्कारमार्फत नेता बस्नेतले आफूले सचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले आफूले पार्टीमा खेलेको भूमिकाको कारण पनि देशभरिबाट आउने महाधिवेशन प्रतिनिधिहरूले अत्याधिक मत दिने र विजयी बनाउने पनि विश्वास दिलाए । नेता बस्न...

प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौती, गोलाप्रथाबाट पेसी तोकिने

काठमाडौं– सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको पेसी तोक्ने तजबिजी अधिकार अन्ततः औपचारिक रूपमै खारेज भएको छ । यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाहेकका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) को निर्णयअनुसार सर्वोच्चमा पेसी गोलाप्रथाबाट तोक्नेसम्बन्धी निययामवली संशोधन गरिएपछि प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौती भएको हो । उक्त नियमावाली संशोधन सम्बन्धी सूचना सोमबार राजपत्रमा प्रकाशित गरिएपछि ...

राष्ट्रिय सम्पदा र संस्कृतिको संरक्षणमा सबै जुटौँ : राष्ट्रपति भण्डारी

महोत्तरी– राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सम्पदा र संस्कृतिको संरक्षणमा जुट्न अनुरोध गरेकी छन् । महोत्तरीको मटिहानी नगरपालिका–७ मा नवनिर्मित रंगशालाको सोमबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्राचीन ऋषिमुनिको तप र साधना भूमि मिथिलाक्षेत्रका राष्ट्रिय सम्पदा र यहाँको गौरवमय संस्कृतिको संरक्षणमा पहलकदमी लिन सम्बद्ध सबैपक्षसँग आग्रह गरेकी छन् । ‘प्रदेश–२ प्राचीन मिथिलाका अष्टावक्र, य...

ओली सर्वसम्मत नहुने, अध्यक्षमा उठ्ने रावलको घोषणा

काठमाडौं– नेकपा एमाले दशौँ राष्ट्रिय महाधिवेशनको संघारमा छ । गत भदौमा विधान महाधिवेशन सम्पन्न गरिसकेको एमालेले १०–१२ मंसिरमा नेतृत्व चयनका लागि चितवनमा महाधिवेशन आयोजना गर्दैछ । चितवन महाधिवेशनका लागि जिल्ला तथा जनवर्गीय संगठनहरूबाट समेत महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन् । एकाध जिल्लाबाहेक अधिकांशमा सर्वसम्मत महाधिवेशन प्रतिनिधिहरू चयन गरिएका छन् । एमालेले यो महाधिवेशनबाट सर्वसम्मत नेतृत्व ...

‘कहिलेसम्म मागिरहने न्याय ?’

काठमाडौं– नेपालमा चलेको दशवर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भएको आइतबार १५ वर्ष पूरा भएको छ । तर, द्वन्द्वमा प्रत्यक्ष प्रभावित भएका पीडितले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । १ फागुन ०५२ देखि चलेको १० वर्षे सशस्त्र द्वन्द्वलाई शान्ति यात्रामा ल्याउन ५ मंसिर ०६३ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालबीच १२ बुँदे विस्तृत शान्ति सम...

एमाले महाधिवेशनमा ओलीको रात्रिभोज

वाग्मती– नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दशौँ महाधिवेशनका क्रममा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले महाधिवेशनका प्रतिनिधिहरूलाई रात्रिभोज दिने भएका छन् । ओलीले ११ मंसिर राति चितवनको सौराहाको एक होटेलमा रात्रिभोज दिने कार्यक्रम तय भएको महाधिवेशन प्रचारप्रसार समितिका संयोजक तथा वाग्मती प्रदेशका पूर्वमन्त्री विजय सुवेदीले जानकारी दिए । उनका अनुसार महाधिवेशनको मिति नजिकिँदै गर्दा तया...

बाबा रामदेवलाई अस्वाभाविक महत्व, आज सरकारी सम्मान

काठमाडौं– भारतीय योगगुरु बाबा रामदेव बिहीबारदेखि नेपाल भ्रमणमा छन् । नेपालबाट प्रशारण सुरु गरेको दुईवटा टेलिभिजन च्यानलको उद्घाटन गर्न आएका रामदेवलाई सरकारकै तर्फबाट अस्वभाविक महत्व दिइएको हो । शुक्रबार उनले मण्डिखाटारस्थित पताञ्जलीको कार्यालयमा एक कार्यक्रमका बीच दुईवटा टेलिभिजनको प्रशारण आरम्भ गरेका थिए । ‘पताञ्जली नेपाल’ र ‘आस्था नेपाल’ नामको दुईवटा टेलिभिजनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्र...