माओवादी पनि होमियो महाधिवेशनमा

काठमाडौं– प्रमुख राजनीतिक दलहरू नेकपा एमाले र नेपाली कांग्रेससँगै नेकपा माओवादी केन्द्र पनि महाधिवेशनमा होमिएको छ । एमाले महाधिवेशनको संघारमा छ । विधान महाधिवेशन सम्पन्न गरिसकेको एमालेले नेतृत्व चयनका लागि १० देखि १२ मंसिरसम्म चितवनमा महाधिवेशन गर्दै छ । त्यस्तै कांग्रेसको पनि अधिकांश जिल्लामा वडा, पालिकार प्रदेशसभा अधिवेशन सम्पन्न भइसकेको छ भने केही जिल्लामा जिल्ला सम्मेलनसमेत भइसकेको छ । काग्र...

हामी ओलीकै नेतृत्वमा अघि बढ्छौँ : नेता तामाङ

काठमाडौं– नेकपा (एमाले) का पार्टी कार्यालय सचिव तथा पूर्वमन्त्री शेरबहादुर तामाङले पार्टीको १०औँ महाधिवेशनबाट वर्तमान अध्यक्ष केपी ओली नै सर्वसम्मत् रूपमा अध्यक्षमा निर्वाचित हुने बताएका छन् । उनले भने, ‘हामी केपी शर्मा ओलीको नेतृत्वमा नै एमालेलाई अघि बढाउँछौँ ।’ शनिबार आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अध्यक्ष ओलीकै नेतृत्वमा एमाले अब एक ढिक्का भएर अघि बढ्ने बताएका छन् । उनले भने, ‘अहिल...

आफ्ना मन्त्रीलाई गलत काम नगर्न अध्यक्ष नेपाल निर्देशन

भक्तपुर– नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना मन्त्रीलाई भ्रष्टाचारबाट मुक्त भएर काम गर्न निर्देशन दिएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालद्वारा मध्यपुरथिमिको बोडेमा आयोजित दुईदिने राष्ट्रिय भेलामा उनले सरकारमा रहेका आफ्ना मन्त्रीले कुनै पनि गलत काम गरेमा कारबाही गरेर फिर्ता बोलाइने जानकारी गराउँदै मन्त्रीहरूलाई भ्रष्टाचार नगर्न उर्दी नै जारी गरेका छन् । उनले भने, ‘गलतका गरे क...

अदालतमा देखिएको समस्याप्रति चिन्तित छौँ : दाहाल

चितवन– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक दलहरू अदालतमा देखिएको समस्याप्रति चिन्तित रहेको बताएका छन् । उनले शनिबार पत्रकार सम्मेलनको आयोजना गरि आफ्नो चिन्ता व्यक्त गरेका हुन् । यनले पनि दलहरूले अदालतमाथि कुनै खालको दबाब र हस्तक्षेप गरेको कहीँ कतै नदेखियोस् भन्ने चाहना आफ्नो रहेको पनि बताए । अदालतमा देखिएको समस्याको समाधान अदालतभित्रबाट गरिनुपर्ने बताउँ...

प्रधानन्यायाधीशबिनाको फुलकोर्ट, गोलाप्रथाबाट मुद्दाको पेसी

काठमाडौं– बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाहेकको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बसेको छ । प्रधानन्यायाधीश जबरा र न्यायाधीशहरू तथा कानुन व्यवसायीहरूबीचको लामो रस्साकस्सीपछि बिहीबार जबराबाहेकका १८ जना न्यायाधीशहरू सम्मिलत भएको फुलकोर्टले सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्नका लागि गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेको छ । सर्वोच्चमा विवाद सुरु हुँदा ताका नै प्रधानन्यायाधीश...

प्रदेश नं २ का चार मन्त्रालय महिनौँदेखि सचिवविहीन

धनुषा– प्रदेश नं २ का चार मन्त्रालयमा महिनौँदेखि सचिव नहुँदा प्रदेश सरकारको कामकाज प्रभावित बनेको छ । सचिवविहीन हुने मन्त्रालयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय एवं वाणिज्य तथा आपूर्ति र कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय रहेका छन् । ती मन्त्रालयमा सचिवकै अभावमा मन्त्रिपरिषद्को बैठकसमेत लामो सम...

लालपूर्जा, हलिया र कमलरीको समस्या समाधान गर्ने दाबी

भक्तपुर– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले उपत्यकामा रहेका स्ववासीहरूले लालपूर्जा नपाएर खेपिरहनु परेको समस्या तथा हलिया र कमलरीको समस्या समाधान गर्न आफू लागिपरेको बताएकी छन् । प्रेस सेन्टर नेपाल भक्तपुरको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले उपत्यकाका लालपूर्जाको समस्या तथा हलिया र कमलरीको समस्या समाधान गर्न आफूले छिटो र छोटो प्रक्रिया अगाडि बढाएर लागेको बताइन् । उनले...

एमाले पहिलो पार्टी बन्ने दाबी

वाग्मती– नेकपा (एमाले)का सचिव योगेश भट्टराईले विभाजनले एमालेलाई खासै असर नगरेको बताएका छन् । विहिबार मकवानपुरको मनहरीमा आयोजित एमाले गाउँकमिटीको शपथग्रहण कार्यक्रममा नेता भट्टराईले सो कुरा बताएका हुन् । कार्यक्रममा भट्टराईले नवीन सुवेदीको अध्यक्षतामा गठित नेकपा एमाले मनहरी गाउँपालिका कमिटीको शपथ गराएका थिए । उनले एमालेबाट केही समूह चोइटिएर गए पनि त्यसले एमालेलाई खासै असर नगरेको बताए । पार्टी नफ...

देउवाविरुद्ध मोर्चा कति संभव ?

काठमाडौं– नेपाली कांग्रेस आसन्न १४औँ महाधिवेशनको तयारीमा छ । पटक–पटक सरेर २४–२६ मंसिरमा हुने महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध संयुक्त उम्मेदवारी बन्ने वा नबन्ने अहिलेसम्म टुंगो लागेको छैन । कही जिल्लामा प्रदेश निर्वाचन क्षेत्र र जिल्ला सम्मेलनसमेत सम्पन्न भइसक्दा पनि देउवाविरुद्धको मोर्चा तयार भएको छैन । गएको १८ भदौमा वडा अधिवेशनहरू सुरु हुनुपूर्व संस्थापनइतर पक्षका नेताहरूले एकै ठाउँमा...

ओली र एमाले मधेस विरोधी पार्टी हो : दाहाल

महोत्तरी– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ मा आफ्नो दल पहिलो हुने दाबी गरेका छन् । बुधबार महोत्तरीको रामगोपालपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मधेशको मुटु प्रदेश नं २ मा आफ्नो पार्टी नै पहिलो हुने दाबी गर्दै एमाले र लोकतान्त्रिक समाजवादी पार्टी मधेसको पक्षमा नभएको पनि जनाए । आफूले मधेसको हक अधिकार सुनिश्चित हुने गरी संविधान संशोधन गर्न ...