तलब नदिने ३ सय १४ कम्पनीलाई कारबाही

काठमाडौं– कतारमा विदेशी श्रमिकलाई तलब नदिने ३ सय १४ वटा कम्पनी कारबाहीमा परेका छन् । गत १ अक्टोबरदेखि १५ नोभेम्बरसम्मको अवधिमा ती कम्पनीहरूलाई आवश्यक कारबाहीका लागि श्रम मन्त्रालयले सिफारिस गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । समाचारमा जनाइएअनुसार त्यसरी कारबाहीको सिफारिसमा परेका कम्पनीहरूमा अधिकांश निर्माण र सार्वजनिक सेवाका क्षेत्रमा काम गर्ने कम्पनी रहेका छन् । ती कम्पनीहरूले त्यहाँ ...

५५ हजार युवा वैदेशिक रोजगारीमा

काठमाडौं– वैदेशिक रोजगारीका लागि एक महिनाको अवधिमा ५४ जनाभन्दा बढी नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको कात्तिक महिनाको तथ्यांकअनुसार नेपालबाट ५४ हजार ९ सय १८ जना वैदेशिक रोजगारीमा गएका हुन् । यो संख्या असोज महिनाकोभन्दा १५ हजार २ सय ४७ जनाले बढी हो । असोज महिनामा ३९ हजार ६ सय ७१ जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्विकृति लिएको तथ्यांक छ । कोरोनापछिको समय लगाता...

ई–पासपोर्टको सुरुवात

काठमाडौं– राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गरेको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच परराष्ट्र मन्त्री डा.नारायण खड्काले ई–पासपोर्टको सुरुवात गरेको गरेका हुन् । सो अवरमा सर्वसाधारणतर्फ पहिलो विद्युतीय राहदानी शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरिएको छ । कार्यक्रममा परराष्ट्र मन्त्री डा.खड्काले जोशीलाई पासपोर्ट हस्तान्तरण गरेका थिए । जोशीले पहिलो ई–पासपोर्ट पाउँदा निक...

टोकन बढाउन मन्त्रीको निर्देशन

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले वैदेशिक रोजगार कार्यालय ताहाचलका कर्मचारीलाई दैनिक टोकन संख्या बढाउन निर्देशन दिएका छन् । बुधबार कार्यालयमा आकस्मिक निरीक्षणका लागि पुगेका उनले अहिलेको संख्या १ हजारलाई बढाएर १ हजार ५ सय पुर्‍याउन निर्देशन दिएका हुन् । सेवाग्राहीले कुनै पनि किसिमको गुनासो गर्ने अवस्था नआउने गरी काम गर्नका लागि मन्त्री श्रेष्ठले कर...

‘स्पेसल इपिएस टोपिक’ का लागि आवेदन खुला

काठमाडौं– दक्षिण कोरियामा रोजगारी गरी फर्किएका र पुनः कोरिया जान चाहनेहरूका लागि सञ्चालन गरिने ‘स्पेसल इपिएस टोपिक’ कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्ला गरिएको छ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियामा गएर कम्तीमा ३ वर्षभन्दा बढी काम गरेर फर्किएकाहरूका लागि सञ्चाल हुने कम्प्युटरमा आधारित कोरियन विशेष भाषा परीक्षा ‘स्पेसल इपिएस टोपिक’ मा सहभागी हुन इच्छुक व्यक्तिका लागि आवेदन खुल्ला ...

कतारमा रहेकाहरूलाई बुस्टर डोज लगाइने

काठमाडौं– कतारमा रहेका सबैलाई कोरोना विरुद्धको बुस्टर डोज लगाउन पाउने भएका छन् । कतारमा ६ महिनाअगाडि कोभिड–१९ विरुद्धको खोप लगाएका सबै व्यक्तिलाई बुस्टर डोज लगाउन पाउने भएका हुन् । कोभिडविरुद्धको दोस्रो खोप लगाएका सबै व्यक्तिहरू बुस्टर डोज लगाउन योग्य रहेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको त्यहाँका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । समाचारमा जनाइएअनुसार खोपको दोस्रो मात्रा लगाएकाहरूलाई ब...

इजरायलमा दुई जना नेपालीको मृत्यु

काठमाडौं– रोजगारीको सिलसिलामा इजरायलमा रहेका दुई जना नेपालीको मृत्यु भएको छ । मृत्यु भएकामध्ये एक जनाको सवारी दुर्घटनामा र अर्का एक जनाको कोरोनाका कारण मृत्यु भएको हो । मृत्यु हुनेमा वैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा रहेका झापाका रमेशकुमार विश्वकर्मा र सुनसरीका लालबहादुर विष्ट रहेको बताइएको छ । विश्वकर्माको कोरोना र विष्टको सडक दुर्घटनामा मृत्यु भएको इजरायलमा रहेको नेपाली दूतावासले जनाएको ...

जनगणनामा नछुटाउन आग्रह

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा रहेका आफ्ना परिवारका सदस्यलाई जनगणनामा नछुटाउन आग्रह गरेको छ । अहिलेसम्म नेपाल बाहिर कति नेपाली छन् भन्ने आधिकारिक तथ्यांक नभएकाले यस जनगणनाले विदेशमा रहेका नेपालीहरूको आधिकारिक तथ्यांक प्राप्त गर्न ठूलो सहयोग पुग्ने भन्दै विषयमा भएका सदस्यको नाम पनि गणनामा समावेश गर्न संघले आग्रह गरेको हो । अहिले नेपालमा १२औँ जनगणना भइरहेको छ । यही २५ कात्त...

कतारमा अनिवार्य क्वारेन्टाइन बस्नु पर्ने

काठमाडौं– कतार जाने नेपालीहरूले अनिवार्य रपमा क्वारेन्टाइन बस्नु पर्ने भएको छ । कतारको स्वास्थ्य मन्त्रालयले पछिल्लोपटक सार्वजनिक गरेको जोखिमयुक्त मुलुकहरूको सूचीमा नेपाल पनि परेकाले वैदेशिक रोजगारी वा अन्य कामका लागि कतार जाने नेपालीहरूले अनिवार्य रूपमा क्वारेन्टाइन बस्नु पर्ने भएको हो । कतारले नेपालसहित विभिन्न १० मुलुकलाई कोरोना भाइरसको उच्च जोखिमको सूचीमा राखेको छ । कतारले नेपालसहित भारत,...

खोप प्रमाणपत्र लिएर टिकट किन्न अनुरोध

काठमाडौं– वैदेशिक रोजगारीमा जानेहरूलाई खोप लगाएको प्रममाण पत्र लिएपछि मात्रै टिकट किन्न आग्रह गरिएको छ । वैदेशिक रोजगार गन्तव्य मुलुकहरूले विद्युतीय खोप प्रमाण पत्र अनिवार्य गरेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो आग्रह गरेको हो । अहिले कोरोनाविरुद्धको विद्युतिय खोप प्रमाणपत्र लिनका लागि अनलाइनबाट फारम भरेर लिन सकिने बताइएको छ । पहिले नै टिकट काट्दा खोप प्रमाण पत्र आउनका लागि ...