स्वास्थ्य परीक्षण सुरु

काठमाडौं– इजरायलका लागि परीक्षा उत्तीर्ण गरेका व्यक्तिहरूको स्वास्थ्य परीक्षण सुरु भएको छ । वैदेशिक रोजगार विभागका अनुसार पहिलो चरणको स्वास्थ्य परीक्षण २९ कात्तिकदेखि ५ मंसिरसम्म स्वास्थ्य परीक्षण गर्न सकिने भएको हो । इजरायल जानका लागि लगिएको परीक्षामा उत्तीर्ण भएकामध्ये यो समयमा ५ सय जनाको स्वास्थ्य परीक्षण गर्न लागिएको विभागल जारी गरेको सूचनामा भनिएको छ । साथै चारित्रिक प्रमाण पत्रका लागि प...

रातो लिस्टबाट हट्यो नेपाल

काठमाडौं– बहराइनले नेपाललाई रातो सूची (रेड जोन) बाट हटाएको छ । कोभिडका कारण बहराइनले नेपाललाई रेड जोनमा राख्दै नेपालीहरूलाई यात्रामा लगाएको प्रतिबन्ध शनिबार राति १२ बजेदेखि हटाएको हो । नेपाललाई रेड जोनबाट हटाउँदै बहराइनले नेपालीको आवागमन खुला गरेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । कोरोना संक्रमण रोकथामका लागि बहराइनले विभिन्न देशलाई रेड जोनमा राख्दै अन्तर्राष्ट्रिय यात्रामा विभिन्न प्...

मलेसियाले विदेशी कामदार लिन इन्कार

काठमाडौं– मलेसियाले विदेशी कामदार लिन इन्कार गरिरहेको छ । मलेसियाले अन्तर्राष्ट्रिय पर्यटकका लागि नयाँ वर्षदेखि बोर्डर खुला गर्ने निर्णय गरे पनि उसले मलेसियाले विदेशी कामदार लिनेबारे भने निर्णय गर्न सकारात्मक संकेत देखाउन सकेको छैन । कोरोना संक्रमण रोकथामका लागि भन्दै लगाएको प्रतिबन्ध खुकुलो बनाउँदै मलेसियाले १ जनवरी २०२२ देखि विदेशी पर्यटकका लागि अन्तर्राष्ट्रिय बोर्डर खुला गर्ने लागेको त्यह...

जोहोरबारुबाट एकदिने कन्सुलर सेवा

काठमाडौं– मलेसियामा रहेको नेपाली दूतावासले त्यहाँको जोहोरबारुबाट एकदिने कन्सुलर सेवा प्रदान गर्ने भएको छ । दूतावासले २१ नोभेम्बरका दिन जोहोरबारुबाट दूतावासले सूचना जारी गर्दै मलेसियाका विभिन्न राज्यमा रहेका नेपालीहरूलाई सरल र सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले जोहोरबारुमा कार्यक्रम गर्न लागिएको जनाएको छ । सो कार्यक्रममा जोहोरबारु आसपासका नेपालीलाई सहभागी हुनका लागी दूतावासले अनुरोध गरेको छ ...

सेटिङमा क्युभिसी

काठमाडौं– कतार भिसा सेन्टर (क्युभिसी) मा सेटिङका आधारमा काम भइरहेको पाइएको छ । एक महिना पछिका लागि समय तोकेर गरिनुपर्ने क्युभिसीको काम बुधबार १० बजेका लागि सेटिङ गरेर सेवा दिइएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले बताएका छन् । एक महिनामा पाउनु पर्ने समय क्युभिसीको फटाइका कारण बुधबार १० बजे खुलेको भन्ने जानकारी पाएपछि मिडियाको टोलीसहित पुगेपछि सेटिङ हुन्छ भन्ने आर...

पुनः श्रम स्विकृति लिन नेपाल आउनै पर्ने

काठमाडौं– बायोमेट्रिक दर्ता नगरि विदेश गएकाहरूले पुनः श्रम स्विकृतिका लागि नेपाल नै आउनु पर्ने भएको छ । बायोमेट्रिक दर्ता भनेको विदेश जाने बेलामा श्रम स्विकृति लिँदा श्रम कार्यालयमा श्रमिकको आँखा र औँठाछापको फोटो मेसिनले स्क्यान गरेर अनलाइन सिस्टममा राखेको हुनु पर्ने भन्दै यसो गरेका श्रमिकहरूले अनलाइनबाट आफू रहेको देशबाटै पुनः श्रम स्विकृति लिन सकिने र अन्यले पुनः श्रम स्विकृति लिनका लागि नेपाल ...

भिसा खुलाउने तयारी

काठमाडौं– नेपालीहरूको रोजगार गन्तव्य मुलुक कुवेतले सबै प्रकारका भिसा जारी गर्ने तयारी गरेको छ । कोरोना संक्रमण दर घट्दै गएको भन्दै कुवेत सरकारले वर्क परमिटसँगै वर्किङ भिसा, बिजनेस भिसा, टुरिस्ट भिसालगायत सबै प्रकारका भिसा जारी गर्ने तयारी गरेको त्यहाँका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । कुवेतको आन्तरिक मन्त्रालयलाई उद्धृत गर्दै कुवेत टाइम्सले सो समाचार लेखेको छ । यो नियम कुवेत सरकारले मान्...

अवैधलाई स्वदेश फर्किने अवसर

काठमाडौं– ओमानमा गैरकानुनी रूपमा रहकाहरूले बिनाजरिवाना स्वदेश फर्किन पाउने भएका छन् । ओमान सरकारले गैरकानुनी रूपमा रहेकाहरूलाई त्यहाँको श्रम मन्त्रालयको स्विकृति लिएर ३१ डिसेम्बर अर्थात १६ पुससम्म बिनाजरिवाना ओमान छाड्न सक्ने गरी कानुन बनाएपछि यस्तो सुविधा प्राप्त भएको हो । यो अवसरको सदुपयोग गर्दै स्वदेश फर्किन ओमानमा रहेका नेपालीहरूलाई त्यहाँ रहेका नेपाली दूतावासले अनुरोध गरेको छ । ओमानमा वि...

मलेसियामा घट्दै कोभिड

काठमाडौं– पछिल्लो समय नेपालीको श्रम गन्तव्य मुलुक मलेसियामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दर घट्दै गएको छ । अगस्टपछि मलेसियामा लगातार संक्रमितको संख्या घट्दै गएको तथ्यांकले देखाएको हो । २६ अगस्टसम्म दैनिक २४ हजारभन्दा बढी संक्रमित रहेको मलेसियामा अहिले यो संख्या ५ हजारभन्दा कम देखिएको छ । २६ अगस्टमा २४ हजार ५ सय ९९ जनामा संक्रमण पुष्टि भएको मलेसियामा ८ नोभेम्बरमा आउँदा सक्रिय संक्रमितको स...

मलेसियामा श्रमिक अभाव चर्किँदै

काठमाडौं– पछिल्लो समय मलेसियामा विदेशी श्रमिकको अभाव देखिन थालेको छ । कोरोनाका कारण विदेशी श्रमिक लिन प्रतिबन्ध लगाएको मलेसियामा श्रमिक अभावका कारण कलकारखाना, निर्माणलगायत क्षेत्रको काममा कटौती हुन थालेको त्यहाँका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । समाचारमा जनाइएअनुसार कोभिड–१९ का कारण नयाँ श्रमिक मलेसिया आउन नपाएको तर भिसा तथा श्रम सम्झौताको म्याद सकिएर विदेशी श्रमिक स्वदेश फर्किएपछि त्यहा...