काठमाडौं– भारत सरकारले हालै जारी गरेको नयाँ राजनीति नक्साप्रति नेपालमा तिव्र आलोचना भइरहेका बेला भारतले आफ्नो प्रतिक्रिया दिएको छ ।
नेपालका विभिन्न स्थानमा कालापानी सीमाक्षेत्रस्थित नेपाली भूमि भारतले मिचेको भन्दै विरोध अहिले विरोध भइरहेको छ । तर, भारत सरकारले भने नेपालको सीमा नमिचेको अभिव्यक्ति दिएको छ । भारत सरकारले सार्वजनिक गरेको नयाँ नक्सामा आफूहरूले नेपालसँगको सिमाना हेरफेर नगरिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले बताए ।
बिहीबार नया“दिल्लीमा पत्रकार सम्मेलन गर्दै रविश कुमारले यस्तो बताएका हुन् । ‘हाम्रो नक्साले भारतको सम्प्रभुतालाई देखाउँछ । नयाँ नक्सामा नेपालसँग जोडिएको सिमानामा कुनै भूगोल तलमाथि वा हेरफेर गरिएको छैन’, रविस कुमारले भनेका छन् । नेपाल र भारतको सम्बन्धमा मतभेद सिर्जना गर्न निहित स्वार्थ समूहले यो विवाद ल्याएको उनको दाबी छ ।
उनले भनेका छन्, ‘हामी आफ्ना निकट छिमेकीसँग मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई ख्याल गर्दै वार्ताको माध्यमबाट समाधान खोज्न आफ्नो प्रतिबद्धता दोहो¥याउँछौँ । निहित स्वार्थ बोकेर दुवै देशबीचमा मतभेद पैदा गर्ने स्वार्थ समूहहरूविरुद्ध एकजुट हुनु जरुरी छ ।’ उनले ती स्वार्थविरुद्द एकजुट हुनुपर्ने महत्वपूर्ण भएको उनको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६ ०७:५८