दार्चुला(प्रस)– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपा निकटका ६ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेट्दै नयाँ नक्सा सार्वजनिक गरेपछि त्यसको विरोध गर्न सदरमुकाम खलंका आएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरू लिपुलेक पुगेर भारतको विरोध गर्ने तयारीको रहेको बताइएको छ ।
विरोध कार्यक्रम गर्नुअघि नै प्रहरीले विद्यार्थीलाई पक्राउ बगरेको थियो । पक्राउ पर्नेमा डडेल्धुराको भागेश्वर गाउँपालिका–३ का २२ वर्षीय ललित सार्की र पर्शुराम नगरपालिका–५ का २३ वर्षीय गणेश बोहरा, बझाङको बुंगल गाउँपालिका–४ का २९ वर्षीय तिलक कुँवर र खप्तड छन्ना गाउँपालिका–८ का २५ वर्षीय सुभास जोशी, दार्चुलाको मार्मा गाउँपालिका–४ का १९ वर्षीय धनसिंह धामी र बाजुराको बूढीगंगा नगरपालिका–१० का २१ वर्षीय दीपक रावत छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६ ०७:४२