तेहरान– गत बुधबार युक्रेनी इन्टरनेशनलको विमान दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटना इरानी सेनाको मिसाइलले खसालिएको अमेरिकाले शंका गरेको थियो । अन्नतः अमेरिकी शंका सत्य सावित भएको छ ।
तेहरानको भएको युक्रेनी विमान दुर्घटना इरानी सेनाले आफूहरूले ‘अन्जानबस’ खसालेको शनिबार स्वीकार गरेको छ । यसअघि न्युयोर्क टाइम्सलगायतका अमेरिकी मिडियाले विमानलाई युद्धक विमान ठानेर इरानी पक्षले झारेको हुन सक्ने आशंका व्यक्त गरेका थिए । उनीहरूले समाचारसँगै केही भिडियो क्लिप्स पनि पोष्ट गरेका थिए । तर, इरानले त्यो अस्वीकार गरेका थिए ।
तर, दुर्घटना भएको चौथो दिन शनिबार इरानी सरकारी टीभीले प्रसारण गरेको देशको सेनाको वक्तव्यमा गल्तीले विमान खसालिएको छ । वक्तव्यमा भनिएको छ, ‘मानवीय गल्तीको कारण युक्रेनी विमान गल्तीले खस्न पुग्यो ।’
वक्तव्यमा घटनाको लागि जिम्मेबारमाथि कारबाही गरिने जनाइएको छ । यसअघि इरानले हवाई जहाज प्राविधिक कारणले आफै मिावन दुर्घटनाग्रस्त भएको बताउँदै आएको थियो भने उसले विमानसम्बन्धी रेकैड राख्ने ब्ल्याक बक्स समेत दिन मानेको थिएन । बिहीबार इरानले ब्ल्याक बक्स नै बिग्रिएको अवस्थामा रहेको भन्दै जवाफ दिएका थिए ।
तेहरानको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान टेकअप लिएको केही समयममै दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा जहाजमा सवार सबै १७६ यात्रुको मृत्यु भएको थियो ।
प्रकाशित मिति: आइतबार, पुस २७, २०७६ ०६:००