काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न समुदायले मनाउने माघेसंक्रान्तिजस्तो विशेष चाडले सबै नेपालीमा हर्षाेल्लास र शान्तिको सन्देश फैलाई राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना गरेकी छन् ।
मकर संक्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले विशिष्ट मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेका यस्ता पर्वले हाम्रो मुलुकलाई विश्वसामु परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गनरेकी छन् ।
माघीपर्वका अवसरमा उनले दिएको सन्देशमा भनिएको छ, ‘हाम्रा पर्वले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान कायम गर्न उल्लेख्य योगदान पु¥याएको मैले विश्वास लिएको छु ।’ माघी पर्वलाई थारु समुदायबाट नयाँ वर्षका रूपमा समेत धूमधामसँग मनाउने गरिन्छ । यो पर्व स्नान, दान, पूजार्चना, मनोरञ्जनका साथै मिष्ठान भोजन गर्दै मनाउने प्रचलन छ ।
प्रकाशित मिति: बुधबार, माघ १, २०७६ ०५:२७