विराटनगर–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्लाई अनिर्णयको बन्दी नबनाउन सरकारसँग आग्रह गरेका छन् ।
विबअराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले संसद्लाई अनिर्णयको बन्दी नबनाउन आग्रह गर्दै सभामुखको चयन अविलम्ब गर्नुपर्ने बताए । उनले आङ्खनो पार्टीलाई सभामुख दिएमा संसद् व्यवस्थित र मर्यादितरूपमा सञ्चालन गरिने ठोकुवा समेत गरे ।
उनले नेकपाको भित्र आन्तरिक विवादका कारण सभामुखको चयनमा ढिलाइ भएकोसमेत जनाए । पार्टी एकता भएपनि पार्टीभित्र गुटउपगुटले सभामुख चयन नभएको उनको भनाई थियो । उनले संवैधानिक प्रावधानअनुसार प्रदेशमा सभामुख वा उपसभामुखमध्ये एक पद पाउनुपर्ने जानकारी गराउँदै तर संविधानविपरीत कार्य भएकाले अविलम्ब सच्याउनुपर्नेमा जोड दिए । उनले संसद्को गतिरोध हटाउन चाँडै संसदीय दलको बैठक बोलाउने र त्यसबाट ठोस निर्णय लिने जानकारीसमेत दिए । उनले पार्टीको महाधिवेशनको मिति कुनै पनि हालतमा परिवर्तन नहुने बताउँदै पार्टीभित्र रहेका केही सामान्य समस्या समाधान गर्दै संगठन बलियो बनाउने बताए ।