काठमाडौं(प्रस)– सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकार मिलिनियम च्यालेन्ज (कर्पोरेशन (एमसससी)को पक्षमा रहेको बताएका छन् । उनले अहिले विवादमा रहेको एमसीसी जसरी नि लागू गर्नुपर्ने समेत बताएका छन् ।
अध्यक्ष दाहालले एक कार्यक्रममा भने, ‘तर एमसिसीमा रहेका केही अस्पष्ट विषयलाई प्रष्ट पारेर पारित गर्नुपर्छ । म यसको पक्षमा पहिलेबाट बोल्दै आएको छु ।’ नेपालको पक्षबाट र अमेरिकी पक्षबाट पनि प्रष्ट पारिनुपर्ने केही विषय उनले औँल्याएका छन् ।
अध्यक्ष दाहालले भने, ‘भारतको पनि सहमति लिनुपर्छ भनिएको रहेछ । त्यो भनेको के हो ?’ अमेरिकाको तर्फबाट पनि प्रष्ट गर्नुपर्ने केही विषय भए त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।
यद्यपि नेपालका लागि राम्रो भए एमसीसी सम्झौता गर्दा कुनै फरक नहुने उनले बताए । ‘मैले बुझेअनुसार एमसीसी नेपाल र नेपालीका लागि फाइदा छ’ उनले भने, ‘तर, यसका लागि विवादित केही पक्ष सबैलाई बुझाउन आवश्यक छ ।’