काठमाडौं(प्रस)– सरकारले चीनमा रहेका नेपाली नागरिकलाई यही ३ फागुनमा स्वदेश फर्काउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले चीनमा रहेका नेपालीलाई ३ फागुनमा स्वदेश ल्याउने निर्णय गरेको हो ।
कोरोना भाइरसको संक्रमण विश्वभर महामारीको रूपमा फैलिन थालेपछि चीनमा रहेका आफ्ना नागरिकलाई स्वदेश ल्याउने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । पहिलो चरण १ सय ८५ जनालाई स्वदेश ल्याइनेसमेत उनले बताए ।
स्वदेश ल्याइएका उनीहरूलाई भुक्तपुरस्थित खरिपाटीमा राख्नका लागि १ सय ९९ वटा ‘क्यारेन्टाइन’ रुमको व्यवस्थापन भएको छ । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिमा मगंलबार सांसदहरूको प्रश्नको जवाफमा स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले चीनबाट नेपाली नागरिकलाई छिटै नेपाल ल्याइने बताएका थिए ।
प्रकाशित मिति: बुधबार, माघ २९, २०७६ ०५:४०