पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कार्यकक्षमै मदिराको पार्टी भयो भन्ने विषयको समाचारप्रति उनको निजी सचिवालयले स्पष्टीकरण दिएको छ ।
सचिवालयले एक विज्ञप्ति जारी गरी मुख्यमन्त्रीलाई जोडेर सामाजिक सञ्जाल एवं विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भिडियो, फोटा र समाचारप्रति असहमति जनाएको छ । फागुन २ गते मुख्यमन्त्रीको जन्मदिनको अवसरमा उनका बेलायतबाट आएका आफन्तसमेतको जमघटमा मुख्यमन्त्री निवासमा खानपिनको प्रबन्ध गरिएको तर त्यसलाई बंग्याएर कार्यकक्षमा भएको भनी प्रचार गरिएकोमा निजी सचिवालयले आपत्ति जनाएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६ १५:०९