भक्तपुर– नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघ बागमती प्रदेशको अध्यक्षमा संगम लामा निर्वाचित भएका छन् ।
संघको तेस्रो भेलाले लामाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा केशव कवां, रमेश ढुगाना र नविनबज्र लामा, सचिवमा तीर्थरत्न राजचल र कोषाध्यक्षमा कल्पना विश्वकर्मा निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा विज्वेल सुवाल, राम शिवाकोटी, रामकाजी श्रेष्ठ, निर्मला लामा, पुष्पराज भट्टराई, नगेन्द्र महर्जन, नीरा मानन्धर र राजाराम बासी चुनिएका छन् । बाँकी सात जना सदस्य पछि मनोनीत गरिने जनाइएको छ ।
विधानअनुसार जिल्लाबाट प्रदेश कमिटीमा सदस्य रहेका व्यक्ति जिल्ला संयोजक रहने व्यवस्था रहेको जानकारी दिइएको छ ।
यसअघि भेलाको उद्घाटन बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले गरेकी थिइन् । कार्यक्रममा नेपाल केन्पो खुकुरी मार्शल आर्टस् संघका केन्द्रीय अध्यक्ष पूर्णप्रसाद पाण्डे, वरिष्ठ उपाध्यक्ष कुमार कार्की, केद्रीय सदस्य राजकुमार लघूलगायतले खेलको विकासबारे आ-आफ्नो धारणा राखेका थिए ।
प्रकाशित मिति: मंगलबार, असार १२, २०८० १५:३७