काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (मंगबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार युरो एकको खरिद दर १४७ रुपैयाँ १३ पैसा र बिक्री दर १४७ रुपैयाँ ८० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ४३ पैसा र बिक्री दर १७२ रुपैयाँ २१ पैसा पुगेको छ ।
शनिबार यता स्थिर जस्तै रहेको अमेरिकी डलरको भाउ आज घटेर आएको छ । आज अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा रहेको छ ।
हिजो अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसामा कारोबार भएको थियो । कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको छ ।
क्यानडियन डलरमा आज सामान्य गिरावट आएको छ । आज एक डलर खरिद दर ९९ रुपैयाँ ५ पैसा र बिक्री दर ९९ रुपैयाँ ५० रहेको छ ।